काठमाडौं । कृषि विकास बैंकले नेपाली महिला फुटवल टिमलाई ६ लाख ७० हजार रुपैयाँ प्रदान गरेको छ ।शुक्रबार रामशाहपथस्थित कृषि विकास बैंकको प्रधान कार्यालयमा एक कार्यक्रमबीच रकम प्रदानसहित सम्मान गरेको हो।
नेपाली राष्ट्रिय महिला टोली गत साता साउदी अरबमा भएको वाफ महिला च्याम्पियनसिपमा उपविजेता बनेको थियो।
फाइनलमा नेपाल जोर्डनसँग पेनाल्टीमा ५-३ गोलले पराजित भएको थियो।
निर्धारित ९० मिनेटको खेलमा दुबै टोलीबाट २-२ गोलको बराबरी भएपछि उपाधिको छिनोफानो पेनाल्टीबाट गरिएको थियो। जसमा जोर्डन भाग्यशाली भयो।
नेपालका लागि पेनाल्टीमा गीता राना, दिपा शाही, हिरा कुमारी भुजेलले गोल गरिन् भने अमृता जैशीको पेनाल्टी जार्डनकी गोलरक्षकले बचाइन्। यस्तै जोर्डनका लागि आयाह अल मजाली, मेइसा जब्राह, नुर जोक्वास, सारा अबु सबा र रोजबाहान फरिजले गोल गरे।
नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि जित्नबाट बञ्चित भएको छ। अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा नेपालको यो ११औं पराजय थियो।
कुन शिर्षकमा कति वितरण ?
खेलाडीहरु २३ जनालाई जनही रु.२५,०००/-
- मुख्य प्रशिक्षकलाई रु.१५,०००/-
- प्रशिक्षक ३ जनालाई जनही रु.१०,०००/-
- टिम म्यानेजरलाई रु.१०,०००/-
- फिजियोथेरापिस्टलाई रु.१०,०००।-
- एन्फालाई रु.१०,०००/-
- हेड अफ डेलिगेट्सलाई रु.१०,०००/-
- अफिसियललाई रु.१०,०००/-