काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्डले पुनर्गठन गर्न खोजेको मन्त्रीमण्डलमा आज थप १४ जनाले मन्त्रीले पद तथा गोपनियताको सपथ लिने भएका छन ।
जसअनुसार नेकपा एमालेका ७, माओवादीका ४ र राष्ट्रिय स्वतन्त्र पार्टीका ३ जनाले आज पद तथा गोपनियताको सपथ लिन लागेका हुन । प्रचण्ड सरकारमा रहने १७ मध्ये तीन जनाले यसअघि नै पद तथा गोपनियताको सपथ लिइसकेका छन् ।
यसका लागि राष्टपति भवन, शितल निवासमा साँझ ५ बजे सपथ ग्रहण कार्यक्रम राखिएको छ ।
यसअघि एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डिपी अर्यालले पद तथा गोपनियताको सपथ लिसकेका छन । बिना बिभागीय मन्त्रीको हैसियतमा सपथ लिएका यी तीन नेताले आजै मन्त्रालयको जिम्मेवारी पाउने छन् ।
एमाले बाट उपप्रधान तथा भौतिक पूर्वाधारमा रघुवीर महासेठ, कानुन न्याय तथा संसदीय मामिलामा पदम गिरी, रक्षामा हरि उप्रेती, महिला बालबालिकामा भगवती चौधरी, खानेपानीमा राजेन्द्र राई, उद्योगमा दामोदर भण्डारी, कृषिमा ज्वालाकुमारी साह, भूमि व्यवस्थामा बलराम अधिकारी छन् ।
त्यस्तै माओवादी बाट उपप्रधान तथा परराष्ट्रमा नरायणकाजी श्रेष्ठ, अर्थमा वर्षमान पुन, उर्जामा शक्ति बस्नेत, सञ्चारमा रेखा शर्मा पर्यटनमा हितबहादुर तामाङ रहेका छन् ।
रास्वपा बाट उपप्रधान तथा गृहमा रवि लामिछाने, श्रममा डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ, शिक्षामा सुमना श्रेष्ठले शपथ लिनेछन् ।