काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले १७ जना मन्त्रीहरूको कार्यविभाजन गरी शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र पठाएका छन् ।
तीन जना मन्त्रीले सोमबारै शपथ लिएकाले बुधबार ५ बजे १४ जनाले शपथ लिनेछन् ।
एमाले बाट उपप्रधान तथा भौतिक पूर्वाधारमा रघुवीर महासेठ, कानुन न्याय तथा संसदीय मामिलामा पदम गिरी, रक्षामा हरि उप्रेती, महिला बालबालिकामा भगवती चौधरी, खानेपानीमा राजेन्द्र राई, उद्योगमा दामोदर भण्डारी, कृषिमा ज्वालाकुमारी साह, भूमि व्यवस्थामा बलराम अधिकारी, छन।
त्यस्तै माओवादी बाट उपप्रधान तथा परराष्ट्रमा नरायणकाजी श्रेष्ठ, अर्थमा वर्षमान पुन, उर्जामा शक्ति बस्नेत, सञ्चारमा रेखा शर्मा पर्यटनमा हितबहादुर तामाङ रहेका छन।
रास्वपा बाट उपप्रधान तथा गृहमा रवि लामिछाने, श्रममा डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ, शिक्षामा सुमना श्रेष्ठले शपथ लिनेछन् ।