संजय मिश्रा
रौतहट ९ असार ।
रौतहट । प्रदेश २ मै विकासको गतिमा सदैब एककदम अगाडि रहने रौतहटको मौलापुर नगरपालिकामा बुधबार बिशाल जनप्रदर्सन भएको छ । विकास तथा सत्यको लडाईमा निरन्तर अग्रसर रहने मौलापुर नगरपालिकामा स्वस्फूर्त हजारौं महिला पुरुषको सहभागितामा पुन: विकासको पक्षमा विशाल प्रदर्शन भएको हो। विकासविरोधी तत्वहरु एवम् प्रतिक्रियावादीहरुको षडयन्त्र बढेपछि प्रतिकारमा बुधबार मौलापुरमा हजारौको संख्यामा स्थानीय सडकमा उत्रिएर खबरदारी गरेका हुन् । कुनै पनि बहानामा विकास रोक्न पाइदैन भन्ने संदेशका साथ मौलापुरमा भएको जनप्रदर्शनले विकासप्रति जनतालाई पुन: जागृत बनाएको छ ।
पाँचौं नगरसभाको पुर्वसंध्यामा केहि विकास बिरोधि तत्वहरुले विभिन्न बखेडा झिकेर नगरसभा प्रभावित गर्न खोजेको भन्दै प्रत्येक वडाहरु बाट आएका महिला पुरुषले नारा जूलूस लगाउंदै मौलापुर बजार परिक्रमा गरेका थिए । प्रत्येक बर्षझै यश पटक पनि आर्थिक बर्ष २०७८/०७९ को पाँचौ बजेट अधिवेशनको लागि मौलापुर नगरपालिकाले अगामी १० गते तिथि निर्धारण गरेको नगरप्रमुख रिनाकुमारी साहले बताउनु भयो।
नगर कार्यपालिका बोर्डको निर्णय अनुसार अगामी १० गते हुने नगरसभा सफल बनाउन जिल्ला तथा स्थानीय अतिथी लाई निम्तो गर्नुका साथै विभिन्न मिडियामा प्रचारप्रसार समेत भैरहेको छ ।
तर बिगतमा विभिन्न विकासको रकम दुरुपयोग गरेका केहि जनप्रतिनिधि र केहि विकास बिरोधी तत्व मौलापुर नगरपालिका विरुद्ध अनर्गल प्रचारमा लागिरहेको नगरपालिकाका उपमेयर गौरीशंकर जयसवालले दाबी गर्नु भयो । मौलापुर नगरपालिकाको विकासको गति देखेर विकास बिरोधि तत्वका साथै केहि राजनीतिक दलको समेत निन्द हराम भएको छ ।
नगरपालिकाको कुनै पनि विकास निर्माण अथवा गतिविधि बारे जानकारी लिन लिखित निवेदन आएमा सोको जानकारी दिन सदैव हामी तत्पर छौँ ।
तर कानुनी रूपमा कोहि न आएर नगरसभालाई प्रभावित बनाउने उनीहरुको मनसाय देखेर नगरका जनता प्रतिकार स्वरुप सडकमा उत्रिनु परेको उप मेयर जयसवालले जानकारी दिएका छन ।
मौलापुर नगरपालिकाले नगरका किसानलाई निशुल्क बीउ, निशुल्क सिचाइ,निशुल्क ग्यांस चुल्हो सिलिन्डर सहित, दलितको घर,छात्रालाई ल्यापटप,साईकल,दिउँसो बिहे गर्ने परिवारलाई प्रोत्साहन स्वरुप २५ हजार नगद,जस्ता लोकप्रिय कार्यक्रम संचालन गर्दै आएको छ ।
मौलापुरमा प्राबिधिक शिक्षाको पढाई,निषेधाज्ञामा दलित गरिबलाई राहत,खेत खेतमा बिधुतिकरण,प्रदेश २ मै प्रहिलो पटक मौलापुरमा ७५ बिगहा गज्जामा लैण्डपुलिङ अर्थात अकिकरण जस्ता योजना पुर्वमन्त्री प्रभु साहको अवधारणा अनुसार सफल भएपछी विपक्षीहरु आतिएको उपमेयर जैसवालको बिझाई छ ।