पर्वत । पर्वतको बिहादी गाउँपालिकाभित्रका विद्यार्थीलाई नि:शुल्क लोकसेवा तथा शिक्षक सेवा आयोगको तयारी कक्षाका लागि आवेदन खुलेको छ ।
पालिका अध्यक्ष परविन गुरुङले यसअघि गरेको प्रतिवद्धता अनुसार पालिकाभित्रका इच्छुक एवम् प्रक्रिया पूरा गरेका विद्यार्थीका लागि आवेदन खुलेको हो ।
अध्यक्ष गुरुङले बिहादी- ४ स्थित वहाकी माध्यमिक विद्यालको ६५ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै पालिकाभित्रका विद्यार्थीलाई नि:शुल्क तयारी कक्षा दिने प्रतिवद्धता जनाउनुभएको थियो ।
वर्तमान समयमा पनि लोकसेवा आयोगको कक्षा लिन सहर जाने अधिकांश विद्यार्थीको समस्या रहेको बताउँदै भौतिक रुपमा संभव नभएसम्मका लागि आयोगको पढाई अनलाइनमा समेत सहजीकरण गरी विद्यार्थीलाई सहज र सरल तरिकाले सेवा दिने उहाँको जिकिर थियो ।
उहाँले गत स्थानीय तहको निर्वाचनमा पनि नेपालका उत्कृष्ठ एवम् गुणस्तरीय इन्सिच्युटसँग समन्वय गरी नि:शुल्क रुपम अनलाइन क्लाश गराउन आफू तयार रहेको बताउनुभएको थियो ।
राजनीतिसँगै समाज सेवामा पनि उत्तिकै सक्रीय रहेका युवा नेता गुरुङले पालिकाभित्र नि:शुल्क तयारी कक्षा दिनाले त्यहाँका विद्यार्थीका लागि रोजगारीको बाटो खुल्ने र जसले केही मात्रामा भएपनि युवा विदेश पलायन हुनबाट रोक्न सकिने बताउनुभएको छ ।
नि:शुल्क अनलाइन कक्षा लिनका लागि आजको मितिदेखि १५ दिनभित्र निवेदन दिन सकेने छ । निवेदन दिनका लागि नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, एक प्रति पासपोर्ट साइज फोटो, शैक्षिक प्रमाणपत्रको प्रतिलिपी, अभिभावकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, अभिभावकको मन्जुरीनामा र कक्षा निरन्तरता दिने सम्बन्धी स्वघोषणा पत्र आवश्यक पर्ने पालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।
यस्तो छ सूचना: