अपांगताको क्षेत्रमा क्रियाशिल संस्था सुन्दर ढोका साथि सेवाको आयोजनामा पोखरामा विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप नेपाल २०८० प्रतियोगिता हुने भएको छ ।
अपाङ्गता क्षेत्रमा सेवारत संस्था सुन्दरढोका साथी सेवाको आयोजनामा च्याम्पियनसिप २०८० पोखरामा हुन लागेको हो । साथी सेवाका संस्थाका कार्यकारी निर्देशक स्व. विकास अधिकारीको दोस्रो वार्षिक स्मृतिको अवसरमा पोखरा रङ्गशालाको बास्केटबल कोर्टमा यहि फागुन २० र २१ गते हुने आयोजकले जनाएको छ ।
स्व. विकास अधिकारीको २ वर्ष अघि कोरोनाको कारण मृत्यु भएको थियो । प्रतियोगितामा १५ टिमको सहभागिता रहने संस्थाका कार्यकारी निर्देशक विजता अधिकारीले जानकारी दिए । आर्मी, शसस्त्रको टिम सहिद ७ वटै प्रदेशबाट पुरुष ९ टिम, महिला ६ टिमले प्रतिस्पर्धा गर्ने निर्देशक अधिकारीले बताईन ।
सुन्दरढोका साथि सेवाका कार्यकारी निर्देशक स्वर्गीय विकास अधिकारीको स्मृतिमा स्थापित विकास शिल्ड् अपाङ्गता भएका व्यक्तिहरूको लागि राष्ट्रिय स्तरको खेलकुद आयोजना गर्न लागिएको हो ।
स्वर्गीय अधिकारीले अपांगता भएका व्यक्तिहरुको सेवा गरी खुशी प्रदान गर्दै उनीहरुको हक अधिकारको लागि पैरवी गर्ने कार्यमा आफनो जीवन समर्पित गरेकाले उनको सम्मान स्वरुप प्रत्येक २ वर्षमा प्रतियोगिता गरिने अधिकारी विजताको भनाई छ । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने महिला तथा पुरुष समुहबाट क्रमशः ५० हजार, ४० हजार र ३० हजार रुपैयाँ प्राप्त गर्ने छन भने सान्त्वना पुरस्कार ५ हजारसहित वेस्ट च्याम्पियन स्कलर सम्पूर्ण विजेतालाई ट्रफी र मेडल प्रदान गरिनेछ ।
त्यस्तै सान्त्वना पुरस्कार ५ हजार सहित वेस्ट च्याम्पियन स्कलर सम्पूर्ण विजेतालाई ट्रफि र मेडल प्रदान गरिने जनाईएको छ । संस्थाका अध्यक्ष कोष विलास अधिकारीले आफू स्वयं अपांगता भएका व्यक्ति भएकोले अपांगता भएका व्यक्तिहरु अरु व्यक्तिहरु खेल्न सक्छन् भन्ने सन्देश दिन समेत प्रतियोगिता आयोजना गरिएको बताए ।