काठमाडौ । ‘ए ग्रेड’मा परेका ६ जना राष्ट्रिय क्रिकेटरले मासिक १ लाख रूपैयाँ पारिश्रमिक पाउने भएका छन् ।नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय कार्यसमिति बैठकले कप्तान रोहित पौडेलसहित ६ खेलाडीले मासिक १ लाख रुपैयाँ पारिश्रमिक पाउने गरी निर्णय गरेको हो ।
‘ए ग्रेड’मा रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख र कुशल भुर्तेल छन् । त्यसैगरी ‘बी ग्रेड’का खेलाडीले मासिक ७० हजार पारिश्रमिक पाउनेछन् । ‘बी ग्रेड’मा कुशल मल्ल, गुल्सन झा, भीम सार्की, ललितनारायण राजवंशी, आरिफ शेख र अविनाश बोहरा छन् ।
यस्तै, ‘सी ग्रेड’मा ५५ हजार पारिश्रमिक पाउने गरी विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिश जीसी रहेका छन।
यस्तै श्रेणी ‘डी’ मा ३५ हजार पाउने खेलाडीहरुमा पवन सर्राफ, सागर ढकाल, अनिल साह, विवेककुमार यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ रहनुभएको छ । क्यानले इमर्जिङ क्याटेगोरीमा मासिक २५ हजार रुपियाँ दिनेगरी दिपेश कँडेल, रुपेश सिंह, रिजन ढकाल, विपिन खत्री, देव खनाल, अर्जुन घर्ती र हेमन्त धामीलाई समावेश गरेको छ ।
महिलातर्फ
महिलातर्फ ३ जना ‘ए ग्रेड’मा परेका छन् । उक्त ग्रेडका इन्दु बर्मा, रुविना क्षेत्री र सीता राना मगरले मासिक ५० हजार पारिश्रमिक पाउनेछन् ।
यस्तै मासिक ३५ हजार दिनेगरी ‘बी’ श्रेणीमा कविता कुँवरलाई राखेको छ भने । श्रेणी ‘सी’ मा मासिक ३० हजार रुपियाँ दिनेगरी पूजा महतो र अश्मिना कर्माचार्यलाई रहेका छ ।
यस्तै मासिक २५ हजार रुपियाँ दिनेगरी श्रेणी ‘डी’ मा अप्सरी बेगम, कविता जोशी, संगीता राई, काजोल श्रेष्ठ र बिन्दु रावललाई समावेश गरिएको छ । महिलातर्फ इमर्जिङ खेलाडीमा मासिक २० हजार रुपियाँ दिने गरी सोनी पाख्रिन, खुसी डंगोल, ज्योत्सनिका मरासिनी, कन्चन श्रेष्ठ, सृष्टि जैसी, सम्झना कुमारी खड्का र सना प्रविनलाई राखिएको छ