काठमाडौं, ८ फागुन । कान्तिपुर सहकारीका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । सहकारी ठगी मुद्दामा प्रहरी वृत्त बानेश्वरले उनलाई पक्राउ गरेको हो । सहकारी ठगी मुद्दामा ठकुरीसहित छ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कान्तिपुर सहकारीलाई समस्याग्रत सहकारी घोषणा गर्ने निर्णय गरेको थियो ।
सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने तपसिलमा उल्लेखित सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य मान्यता विपरीत कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको भन्दै सहकारी विभागको सिफारिसमा मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको हो ।
‘सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा ९१० को देहाय खण्ड ९क० देखि ९च० सम्मको अवस्था विद्यमान रहेको देखिएकाले सहकारी विभागका रजिस्ट्रारको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा ९२० बमोजिम उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरी सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा छ ।
बचकर्ताबाट संकलन गरेको स्रोतमध्ये ठूलो हिस्सा सहकारीका पूर्वअध्यक्ष सीबी लामा तामाङ, वर्तमान अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरी, प्रबन्ध सञ्चालक प्रेमध्वज तामाङ, सञ्चालकहरू जोगलाल लामा, सानुकान्छा लामा, नारायणप्रसाद रिमाल, ईन्दु थापा र देवराज पराजुली लगायतले मनोमानी ढंगले घरजग्गा, क्रसर उद्योग, निजी अस्पतालदेखि कलेजमा खन्याएको पाइएको थियो ।
उक्त सहकारीले बचतकर्ताहरुको रमक फिर्ता गर्न सकिरहेको छैन । कान्तिपुरका सञ्चालकहरुले बचतकर्ताको साढे ६ अर्ब रुपैयाँ दुरुपयोग गरेको आरोप छ ।