मानव जीवनका आफ्नै आयाम हुन्छन् । सपना, संघर्ष र त्यसलाई पूरा गर्ने जुनुन् पनि आफ्नै किसिमका हुन्छन् । जसले आफ्नो रुची र सक्षमता चिन्न सक्यो उहीं नै अब्बल र सफल ठहरिन्छ समाजमा । अनि उसैगरी आफ्नो जीवनमा पनि ।
मान्छेको रुप र आकारमा जस्तै सपनामा पनि विविधता हुन्छ । कसैको राम्रो कमाउने सपना हुन्छ । कसैको राम्रो जीवनशैली जीउने । कसैको नाम कमाउने । आफ्नो गक्ष अनुसारका सपना सबैका हुन्छन् । फरक यत्ति हो, कसैले पूरा गर्न सक्छन् कसैले सक्दैनन् । यतिबेला प्राय: नेपाली युवाको सपना निजामती सेवा बनेको छ । बागबजार र क्रीतिपूरका गल्लीहरूमा निजामती जागिरे बन्ने सपना बोकेर राजधानी छिरेका युवाको भीड देख्न सकिन्छ ।
यस्तै निजामती जागिरे बन्ने सपना बोकेर सफल राष्ट्रसेवक बन्न सफल भएका उदाहरणीय पात्र हुन् नारायणदत्त भण्डारी । कास्कीमा जन्मिएका उनी । स्कूले जीवन गाउँमै बिताए । सानैदेखि अध्ययनमा मेधवी रहेका उनी ०५३ मा निजामती सेवामा प्रवेश गरे ।
निजामतीमा प्रवेश गरेदेखि विभिन्न जिल्लाको डिभिजन प्रमुख भएर काम गरेको अनुभव बटुलेका उनी जुम्लामा साढे तीन वर्ष काम गरेका हुन् । यसपछी पाल्पा, बाग्लुङ, रसुवागढी र नुवाकोटको डिभिजन प्रमुख हुँदै मध्यपहाडी योजना कार्यालय पर्वत र सिरहाको लहानको योजना प्रमुख हुँदै हाल डिभिजन कार्यालय काठमाडौंको प्रमुख भएर काम गरिरहेका छन् ।
०८० भदौ २६ गते सडक डिभिजन काठमाडौंमा आएका उनले असोज १४ गतेदेखि जिम्मेवारी सम्हाले । ०८० असोज १६ गतेदेखि भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको निर्देशन अनुसार नयाँ भिजन र कन्सेप्टका साथ काम सुरु गरेका उनले एक वर्ष हुन पाउँदा नपाउँदै सहरको मुहार फेर्न सफल भएका छन् ।
सडकमा खाल्डाखुल्डी र गाडीको घल्च्याङघुल्चुङ सहँदै हिड्नुपर्ने यात्रुको बाध्यतामा मल्हम् लगाउन क्रियाशील उनी आफ्नो कार्यकालभरी यस्ता खालका आयोजनामा दत्तचित्त भएर लाग्ने प्रतिवद्धता जनाउँछन् ।
राजधानीको सूर्यविनायक-धुलिखेल, बर्दिवास सडकको कार्यालय रहेको भवनलाई मर्मत गरी बस्न लायक 'क्वाटर' बनाउनु उनको एउटा महत्त्वपूर्ण उपलब्धी हो । साथै उनले पेप्सीकोलामा भएको सडकको जग्गामा कम्पाउण्ड वाल लगाउन सुरु गरेका छन् । यसबाहेक सीतापाइला र टेकु पचलीमा पनि सरकारी जग्गाको संरक्षण गरी सुरक्षित गर्ने प्रकृया अघि बढाएका छन् ।
भण्डारीले यसअघि बाँकी रहेका व्याच टाल्ने काम ११२४६.२३ वर्षमिटर, ओभरले २२.४ किमी र सडक रंगरोगन ४५०० वर्गमिटर सम्पन्न गरेका छन् । यसका साथै उनले सबै तह र सबै मानिसको सरल पहुँचलाई मध्यनजर गर्दै कार्यालयलाई अपांगमैत्री बनाएका छन् ।
प्रस्तुत छ आफ्नो कार्यकालमा सडक, समाज, राज्य र आफ्नो मातहतका कर्मचारीको लागि काम गरेर बेदाग भइकन एक सफल र सक्षम निजामती कर्मचारीको परिचय एवम् पहिचान बनाउन सफल सडक डिभिजन काठमाडौंका प्रमुख भण्डारीसँग सामाजिक सञ्चारका लागि प्रविन भुसालले गरेको सम्वादको सम्पादित अंश:
तपाईंको आएदेखि हालसम्म डिभिजन कार्यालय काठमाडौंले नयाँपन पायो?
मुख्य रुपमा भन्नुपर्दा हालसम्म मेरो कार्यकालमा भएको काम भनेको वर्षातको समय सकिएलगतै 'खाल्डाखुल्डीरहित काठमाडौं' अभियान नै हो। जुन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशन अनुसार मेरो नेतृत्वमा हामीले काम गरिरहेका छौं ।
म नियुक्त भएको करिब तीन महिना हुन लाग्यो । यस अवधीमा हामीले आफ्नो कार्यक्षेत्राधिकार भित्र रहेका सडकहरूका खाल्डाहरू टाल्ने अभियानमा जुट्यौं । यस अभियानअन्तर्गत हामीले १५ हजार वर्ग मिटर टालेका छौं । काठमाडौंका सडकमा मुख्य खाल्डा बनाउने खानेपानी तथा नेपाल विद्युत् प्राधिकरणसँग छलफल गरेपछि काठमाडौं उपत्यका अहिले खाल्डाखुल्डीरहित बनेको छ । खानेपानीले समस्या बनाउँछ, विद्युतले समस्या बनाउँछ, र पनि हामीले खाल्डाखुल्डी मर्मत गरेका छौं ।
यसका साथै हामीले खानेपानी, नेपाल विद्युत् प्राधिकरण, सडक विभाग र काठमाडौं महानगरसहितको एउटा समिति पनि बनेको छ । सोहि अनुसार अहिले सबै निकायहरुसँग समन्वय गरेर काम गरिरहेका छौं । विभिन्न सडकहरुको मर्मत, सम्भार र विस्तार गर्ने । सडक डिभिजन भन्ने वितिकै सडक मर्मतको लागि राखिएको हुन्छ । हाम्रो विशेष फोकस भनेको भइरहेको, बनिसकेका सडकहरुको मर्मत सम्भार हुन्छ । त्यस्तै विभिन्न राजमार्गहरुको विस्तार सुधार र स्तर उन्नती गर्नु हो । डिभिजन सडक भित्र रहेका अन्य सडकहरुको मर्मत तथा सम्भार गर्नु हो । जुन काम हामीले निरतर गरेका छौं र थप गर्ने पनि छौं ।
उपत्यकाका मुख्य सडकका खाल्डाखुल्डी टाल्ने जिम्मा तपाईंहरूको होइन?
ती सडकको नियमित कालोपत्रे गर्ने र खाल्डाखुल्डी टाल्ने मुख्य जिम्मा सडक विभाग, महानगरपालिका र सडक डिभिजनको हो । तर यसमा विद्युत् प्राधिकरणले गर्दा समय-समयमा निकै नै समस्या पर्दछ । जसका कारण एउटैका काम दोहोर्याएर गर्नुपर्ने बढी खर्च र जनशक्ति लाग्नुका साथै सर्वसाधारणलाई समेत सास्ती हुने गरेको हामीले पाएका छौं । मुख्य तस् तार भूमिगत गर्दा अधिकांश सडक अस्तव्यस्त पारिएको हुन्छ । प्राधिकरणले सडकमा खाल्डा खनेर जथाभावी छाडेको छ । प्राधिकरणको लापरबाहीका साथ सामान्य समन्वयसमेत नगरी सडक भत्काइरहेको छ ।
तपाईंको विचार र अनुभवमा सडकलाई सुरक्षित र व्यवस्थित गर्न के गर्नुपर्छ?
सडक एकदमै महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने मानवीय आवश्यकता हो । मैले त यसलाई मानिसको 'लाइफ लाइन' नै मान्ने गरेको छु । सडक भत्किएपछि सबै कुरामा असहजता हुन्छ । मानिस विरामी हुँदा आवश्यक पर्ने एम्बुलेन्सदेखि लिएर यात्रुहरू सबैलाई बाधा पर्छ । सडक सबै जनताको हो भन्ने कुरा जबसम्म सबैले बुभ्नुहुन्न, तबसम्म सरकारले सडकमा जति लगानी गरे पनि बालुवामा पानीजस्तै हुन्छ । हरेक नागरिकहरूले आफ्नो घरको फोहोर सबै सडकमा फ्याँक्ने र थुपार्ने गलत बानी त्याग्नुपर्छ । सडकमा फोहोर फ्याँक्दा फोहोरबाट एसिड बन्छ र त्यसले बिटुमिन खान्छ । सबैले बुझेर सडक मेरो पनि हो भन्ने बुझ्नु जरुरी छ । कार्यालयको प्रयासले मात्र सडकको स्वरुप जोगाउन गाह्रो छ । नागरिकहरूले तिरेको करबाट निर्माण भएको सडकलाई राम्रो बनाउने दायित्व र कर्तव्य नागरिकहरू पनि छ । हामीले गर्नुपर्ने काम त गरी नै हाल्छौँ ।
बर्खा लागेपछि सडक कालोपत्रे गर्नुपर्ने कारण के हो?
समग्र काम वर्षभरि भइरहेको हुन्छ । तर, विशेषगरी कालोपत्रे गर्नका लागि तापक्रमको महत्वपूर्ण भूमिका हुन्छ । पुस माघमा कालोपत्रे गर्न उपयुक्त तापक्रम हुँदैन । त्यसैले फगुनपछि मात्रै कालोपत्रे गर्नुपर्छ । काम गर्दै जाँदा जेठ, असारमै पुग्छ । तर, सडक विभागले असारमा पानी पर्ने सम्भावना धेरै भएकाले निर्माण व्यवसायीलाई काम नगनुू भनेको हुन्छ । यो हाम्रो विभागीय नीति पनि हो । हाम्रो फोकस फागुनदेखि जेठसम्म हुन्छ ।
सडक पिच गरेलगत्तै भत्किन-उप्किन सुरु हुन्छ, कारण के होला?
सडक बन्नु भन्दा अगाडी विभाग अथवा डिभिजन कार्यालयसँग सम्झौता भएको हुन्छ । हामीले दिएको स्ट्यान्डर अनुसार उनीहरुले काम गर्दछ । कहिलेकही काम गर्दा केही त्रुटी हुन पनि सक्छ । सडक बने पछि त्यो सडकको पिज काटेर हामीले टेस्ट गर्नु पर्छ । गुणस्तर पुगेन भने त्यसको लागि भुक्तानी हुदैन् । भित्री संरचनाको कारण पनि पिज भए लगतै भत्किन्छ । सयौं बर्ष अगाडीको सडक भित्र ढलहरु वगिरहेका हुन्छन् । त्यहि माथी सडक बनाउँदा कहिलेकही भत्कन्छ ।
यसमा गुणस्तर नभएर होइन कि भित्री संरचनाको जीर्ण रहेको कारण हो । अर्को हाम्रोमा प्रविती कस्तो छ भने रिसको कारणले भोलिपल्टै उप्काउने प्रविती बढेको छ । उप्काउने र भत्काउने हो भने सबै भत्किन्छ र फुट्छ नी । पिज सेट हुन् समय लाग्छ । घरको ढलान गरेर तुरुन्तै टेवा निकाल्यो भने त भत्की हाल्छ नी । त्यसलाई के ढलान गतिलोसँग गरेन भन्ने रु २८ दिन राख्ने भनेको त्यो सेटको लागि हो । टेस्ट गर्नको लागि पनि २४ घण्टा भन्दा अगाडी मिल्दैन् । मिडियाहरुमा आइरहेको हुन्छ कि पहिरोले सडक भत्कायो, बढीले पुल बगायो भनेर । त्यसमा दोस दिइन्छ प्राविधी र ठेकेदारलाई । बाढी, पहिरो त प्राविधिक र ठेकेदारले थेग्ने त होइन् होला!
तपाईंको कार्यक्षेत्रभित्र पर्ने मुख्य सडक कुन-कुन हुन्? के कति काम भए?
जिल्ला करिब २५ सय किलोमिटर सडक छ । जसमा ४ सय किलोमिटर मात्र हाम्रो कार्यक्षेत्रभित्र पर्छ । धेरै जसो भित्री सडक, साना सडकहरू स्थानीय तहको निकायमा पर्दछन् । हाम्रो अर्को महत्त्वपूर्ण काम भनेको सडक निर्माणका साथै त्यसको मर्मत पनि हो । यस डिभिजनको जिम्मेवारीअन्तर्गत रहेका सडक खण्डहरूमा सडक पेन्ट गर्ने, सडक सुरक्षा सम्बन्धी संकेत९चिन्ह० तथा गैन्ट्री पोस्टहरू मर्मत गरी पुनःस्थापना गर्ने लगायतका कार्यहरू गरेका छौं । खासगरी सहज यात्रा मात्र होइन यात्रुहरूको सुरक्षा पनि हाम्रो मुख्य प्राथमिकता हो । यसको लागि हामी निरन्तर क्रियाशील छौं र रहन्छौं पनि ।
साथै, हामीले पछिल्लो तीन महिनामा २६ किलोमिटर पिज गरेका छौं । जस्तो दक्षिणकाली जाने बाटा ७ किलोमिटर, कलकींको भित्रीबाटो, बालाजु देखि मुड्खु जाने बाटो, मुलपानीको बाटोमा पिज गरेका छौं । ठाउँठाउँमा रङरोगन गरेका छौं । ५ हजार वर्ग मिटर पेन्ट गरेका छौं । सडक विभागको केन्द्रिय भवन लामो समय देखि रोकिएको अहिले बन्दै छ । सडक डिभिजनअन्तरर्गत रहेका जग्गाहरुलाई संरक्षण गर्ने काम सुरु गरेका छौं । पेप्सीकोलामा १९ रोपनी जग्गा कम्पाउन्ड गर्ने काम भएको छ । सितापाइलामा रहेको जग्गा अतिक्रमण भएको थियो त्यसलाई पनि संरक्षण गर्ने काम भएको छ ।