काठमाडौँ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत मङ्गलबारसम्म पाँच सय ८२ पदकको छिनोफानो भएको छ । मङ्गलबारसम्मको खेल प्रदर्शनका आधारमा चीन एक सय ६१ स्वर्ण, ९० रजत र ४६ कास्यसहित दुई सय ९७ पदक प्राप्त गर्दै शीर्षस्थानमा रहेको छ ।
यस्तै जापान ३३ स्वर्ण, ४७ रजत र ५० कास्यका साथ एक सय ३० पदक प्राप्त गर्दै दोस्रो स्थानमा छ । दक्षिण कोरिया ३२ स्वर्ण, ४२ रजत, ६५ कास्यसहित एक सय ३९ पदकका साथ पदक तालिकाको तेस्रो स्थानमा रहेको छ । भारत १५ स्वर्ण, २६ रजत र २८ कास्यसहित ६९ पदकका साथ चौथो स्थानमा छ । उज्वेकिस्तान १४ स्वर्ण, १५ रजत र २१ कास्यसहित ५० पदकका साथ पाँचौँ स्थानमा छ ।
यसैगरी चाइनिज ताइपेई १२ स्वर्ण, १० रजत र १८ कास्यसहित ४० पदक प्राप्त गर्दै छैटौँ, थाइल्याण्ड १० स्वर्ण, ११ रजत र १९ कास्यसहित ४० पदकका साथ सातौँ, दक्षिण कोरिया सात स्वर्ण, १० रजत र ६ कास्यसहित २३ पदकका साथ आठौँ, बहराइन सात स्वर्ण, एक रजत र चार कास्यसहित १२ पदकका साथ नवौँ तथा हङ्कङ चाइना ६ स्वर्ण, १५ रजत र २४ कास्यसहित कुल ४५ पदक प्राप्त गर्दै पदक तालिकाको १०औँ स्थानमा रहेका छन् ।
एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म ३६ मुलुकले पदक प्राप्त गरेका छन् । नेपाल भने हालसम्म पदकविहीन अवस्थामा छ ।
महिला कबड्डीमा नेपाललाई काश्य पक्का
हाङझाउ एसियाडमा नेपालले पहिलो पदक प्राप्त गर्ने पक्का भएको छ। बुधबार महिला कबड्डीमा इरानले बंगलादेशलाई ५६-१६ ले पराजित गरेसँगै नेपाल सेमिफाइनल प्रवेश गरेको हो । सेमिफाइनल प्रवेश गरेसँगै नेपालले एसियाडमा पहिलो पदका रुपमा कम्तिमा काश्य पदक निश्चित गरेको हो ।
नेपालले दोस्रो पटक टिम खेलबाट पदक प्राप्त गरेको हो । यसअघि नेपालले जकार्तामा भएको एसियाली खेलकुदमा प्याराग्लाइडिङमा रजत पदक जितेको थियो। जुन उक्त एसियाडमा नेपालले जितेको एकमात्र पदक हो ।
यसअघि नेपालले महिला कबड्डीमा सोमबार बिहान भएको खेलमा बंगालदेशलाई ३७-२४ ले पराजित गर्दै पदक सम्भावना बलियो बनाएको थियो ।
एसियाली खेलकुदको महिला कबड्डीमा सात टिम मात्र सहभागिता रहँदा नेपालले एक खेल जितेर नै पदक पाउने सम्भावना बढाएको थियो । जसको सुनिश्चितता इरानले बंगलादेशलाई हराएसँगै भएको हो ।