पर्वतबाट विभिन्न, पेशा, व्यवसाय, अध्यापन या अन्य काम विशेषले स्याङ्जाको वालिङमा रहेका दाजुभाइ तथा दिदीबहिनीहरूको साँझा संगठन 'पर्वत-वालिङ समाज' सामाजिक हित र समाज कल्याणका लागि कोसेढुङ्गा सावित भएको छ ।
वालिङलाई कर्मथलो बनाएका पर्वतेहरूको यस संगठनले विशेष गरी यो संस्थाले पर्वतका विविध धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रहरूको उजागर, संरक्षण एवम् प्रचार-प्रसार कार्यमा बढावा दिन योगदान गर्दै आएको छ ।
विशेषत: वालिङमा रहेका पर्वतेहरूको दुःख/सुखमा र अप्ठेरोमा हात बटाउने उद्देश्यले स्थापना भएको यस संस्था यसका साथै वालिङ नगरपालिकासँग हातेमालो गर्दै कुटनितीक रूपमा अगाडि बढेको छ ।

२०७९ सालमा सरोज भुसालको नेतृत्वमा २१ सदस्यीय कार्समितिसहित स्थापना भएको यस संस्थाको नियमित मासिक बैठक हरेक महिनाको पहिलो शनिबार बस्ने गर्दछ ।
जसको अध्यक्षमा सरोज भुसाल रहेका छन् भने उपाध्यक्षमा होमबहादुर थापा रहेका छन् । यस्तै, महिला उपाध्यक्षमा सम्झना शर्मा, सचिमा प्रेम सापकोटा सह-सचिवमा जमुना तिवारी र कोषाध्यक्षमा राजकुमार भुसाललगायत सदस्य रहेका छन् ।
२१ सदस्यीय कार्यसमिति रहेको उक्त संगठनमा हालसम्म ९७ जनाले सदस्यता लिएका छन् । जसको लागि २०० रुपौयाँ शुल्क रहेको छ भने मासिक १०० रुपौयाँ जम्मा गर्ने गरिएको छ ।