काठमाडौँ । नेपालको पेशागत लोकतान्त्रिक इन्जिनियर समूह सिडेन(CDEN)को रोकिएको चुनाव यही जेठ १३ गते भृकुटीमण्डपमा हुन गइरहेको छ।
इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन)को यही जेठ १३ गते हुने ७औँ कार्यकारिणी तथा दोस्रो प्रादेशिक समितिको निर्वाचनमा अध्यक्षमा इन्जिनियर चेतनाथ पाण्डे जो संस्थापकतर्फबाट उम्मेदवारी घोषणा गरेका छन् भने सोही समूह बाहेक अन्य २ समूहसमेत प्यानलसहित उम्मेदवार रहेका छन्।
सिडेनको नेतृत्वको लागि अध्यक्षका प्रत्यासी पाण्डे समूहले 'पेशागत इन्जिनियरिङ एकता: हाम्रो प्रतिबद्धता'भन्ने मून नाराका साथ घोषणापत्र पनि सार्वजनिक गरिसकेको छ।
साथै सबै समूह, कलस्टरसहितको टिम यस निर्वाचनमा खडा गरेको छ। यस समूहअन्तर्गत ई कौशल केसी उपाध्यक्ष पदका उम्मेदवार रहेका छन्।
यसैगरी महासचिवमा ई हुकुम बुढा र उपमहासचिवमा भने शिव भट्टराई गरी १३ केन्द्रीय सदस्यसहितको समूह रहेको छ।
यस समूहअन्तर्गत विगत लामो इतिहास बोकेकादेखि सबै सेवा समूहका बिज्ञसहितको युवा तथा जागरुक समूह रहेको छ।
पाण्डे तथा सो समूह विगत लामो समयदेखि इन्जिनियरहरू र एनईएको सपनाको रुपमा रहेको इन्जिनियरिङ स्टाफ कलेज स्थापनाको लागि सरकारलगायत सरोकारवाला सबै पक्षसँग आवश्यक र परीणाममुखी पहल कदमी लिने प्रतिबद्धता जनाएका छन्।
यस्तै, नेपाल सरकार, स्थानीय तह तथा नेपाल सरकारको स्वामित्वमा रहेका संघ/संस्थाहरुले इन्जिनियरहरूको दरबन्दी छैटौँ तहमा माग गरिरहेको सम्बन्धमा सबै सरोकारवाला पक्षसँग समन्वय गर्दै उक्त दरबन्दी सातौँ तहमा कायम गर्नेगरी अधिकतम पहल गरिनेपनि प्रतिबद्धता जनाएका छन्।