काठमाडौँ । विश्व हिन्दु महासंघको अध्यक्षमा पूर्वमन्त्री डा. रामचन्द्र अधिकारी र केन्द्रीय महासचिवमा पर्वतका रामचन्द्र तिवारी निर्वाचित हुनुभएको छ ।
यही चैत्र २१ र २२ गते रुपन्देहीको बुटवलमा सम्पन्न महासंघ नेपाल राष्ट्रिय समितिको आठौँ महासभा एवम् महाधिवेशन हजारौँ हिन्दूहरूको उत्साहजनक उपस्थितिमा सर्वसम्मत रूपमा निर्वाचन सम्पन्न भएको हो ।
महासंघको वरिष्ठ उपाध्यक्ष बेनबहादुर पौडेल क्षेत्री लुम्बिनी, उपाध्यक्ष रिषीकेश जङ्ग शाह कर्णाली, राजप्रसाद जोशी सुदुर पश्चिम,जोत्सना साउद मधेश प्रदेश, महासचिव रामचन्द्र तिवारी पर्वत, सचिव प्रेम प्रकाश खड्का सुर्खेत सदस्य लक्ष्मीकान्त न्यौपाने डोल्पा, कुमार राज श्रेष्ठ दाङ लगाएत सम्पुर्ण पदाधिकारी सदस्यलगाएत कार्यसमिति बनाइएको हो ।
महाधिवेशनबाट सह-अध्यक्ष, केन्द्रीय उपाध्यक्ष , महासचिव, कोषाध्यक्ष, सह-कोषाध्यक्षलगायत देशैभरबाट समेटिने गरी ७५ केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।
बाँकी ४९ प्रतिशत केन्द्रीय कार्यसमिति मनोनित गरिने केन्द्रीय कोषाध्यक्ष गिरिराज पाठकले जानाकारी दिनुभयो ।
राष्ट्रिय महासभाको प्रमुख अतिथि सन्त समाज नेपालका केन्द्रीय अध्यक्ष, श्री श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराज ले गर्नुभएको थियो भने विशिष्ट अतिथिहरूमा विभिन्न मन्त्री, पूर्वसांसदलगायत विभिन्न प्रभुत्व ब्यक्तित्वहरूको रहेको थियो ।