काठमाडौँ - लामो समयदेखि जारी रुस-युक्रेन युद्ध रोक्न मागगर्दै पर्वतका एक युवाले विश्वका शक्तिशाली राष्ट्रहरूलाई पत्राचार गर्न गरिरहनुभएको छ ।
पर्वतको कुस्मा नगरपालिका- २ मा जन्मिएर १० वर्षभन्दा पहिलेदेखि रोजगारीको शिलशिलामा पर्चुगलमा बस्दै आउनुभएका केशवप्रसाद बास्तोलाले रुस-युक्रेन युद्ध रोक्न मागगर्दै देशका शक्तिशाली मुलुकका राष्ट्रप्रमुख र संसदहरूलाई पत्र लेख्नुभएको हो ।
युद्धका कारण युद्धमा सामेत ती दुई देशमात्र नभएर ती दुई देशसँग प्रत्यक्ष तथा अप्रत्य रुपमा जोडिएका देशहरूलाई समेत ठूलो क्षति भइरहेको स्मरण गराउँदै यस्ता खालका हिंसा र विधंश मच्चाउने गतिविधि रोक्नका लागि उहाँले पत्र लेखेको बताउनुभयो ।
साथै, बास्तोलाले आफूले युद्ध रोक्न माग गर्दै युरोप, अमेरिका, क्यानडा, बेलायत जर्मन,युरोपिन युनियन, नाटो,डब्लीएचवो लगायतलाई सयौँ राष्ट्र र संस्थाहरूलाई पत्राचार गर्दै आएको जानकारी दिनुभयो ।
युद्धका कारण हरेक कुरामा मुद्रास्फीति निम्त्याएको र निमुखा जनताले आधारभूत आवश्यकताहरू पनि धान्न नसक्ने गरी आत्महत्या गर्न बाध्य भएका भन्दै उहाँले तत्काल बिना सर्त युद्ध रोक्नुपर्ने बताउनुभयो ।
उहाँका अनुसार रुस जस्तो ठुलो राष्ट्रले सानो युक्रेनमाथि युद्ध लडेर कुनै बहादुरिता पुष्टि गर्न नसक्ने भन्दै पुटिनलाई यो कदमबाट पछि हट्न समेत आग्रह गरिरहनुभएको छ ।
पत्रमा उहाँले युक्रेनी राष्ट्रपति जेलेनेस्कीलाई पनि बढ्दो तनावलाई कम गर्दै विश्वव्यापी रूपमा शान्ति फैलाउन मद्दत गर्न आग्रह गर्नुभएको छ ।
बास्तोलाले रुसको तेलबाट र युक्रेनलाई हतियार बेच्ने तत्त्वहरूले युद्ध रोक्न नचाहने भन्दै यस्का लागि दुवै राष्ट्र आफै सचेत हुनु पर्ने बताएको बताउनुभयो ।
विदेशमा रहेर नेपाली भूमि र त्यसमाथि पनि आफ्नो जन्मभूमि पर्वतका लागि विभिन्न किसिमका सामाजिका कार्यमा सक्रीय उहाँले विश्व समुदाय र यसकाो वर्तामान अवस्थाको बारेमा चासो राख्नुहुन्छ ।
आफूले गरेको जस्तो अभियान गर्न सबै नेपाली युवाले पनि आँट गरे अनि देश र विश्वसमुदायका बारेमा हामी युवा पुस्ताले चासो र चिन्तन गरे सधै पुराना नेतालाई गाली गरिरहनुपर्ने बाध्यता नहुने समेत उहाँको भनाइ छ ।
देशको विकास र समृद्धीका लागि युवाहरूको अग्रणी भूमिका रहने बताउँदै उहाँले हामी युवा सबै समाज, देश र समग्र विश्वसमुदायको हित हुने कार्यमा लाग्नुपर्ने बताउनुभयो ।