रवि लामिछाने यतिबेला नेपाली राजनीतिक वृतमा मात्र नभएर आम जनसाधारमा पनि परिचित नाम हाे । गत मंसिर ४ गतेसम्पन्न प्रतिनिधिसभाकाे निर्वाचनमा चितवन- २ बाट भारी बहुमतका साथ सांसद् बनेका उनै लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल'प्रचण्ड' नेतृत्वकाे सरकारकाे उपप्रधान तथा गृहमन्त्री बने ।
पत्रकारिता र त्यसमा पनि जनसाधारणकाे दैनिकी भाेगाइ र दु:खका कुराहरूमा सम्बन्धित व्यक्तिसँग सम्वाद गरी सवाल जवाफ गर्ने खराे कार्यक्रम प्रस्ताेताका रुपमा परिचित उनी आफ्नाे त्याे पाटाेलाई बिट मारेर गत निर्वाचनकै समयमा राजनीतिका लागेका थिए ।
उनै लामिछाने हिजाे माघ १३ गते शुक्रबार नेपालकाे नागरिक नभएकाे कारण आफूले पाएकाे पद तथा जिम्मेवारीबाट च्यूत भएका छन् । उनकै भाषामा भन्नुपर्दा यतिबेला 'अनागरिक' भएका उनकाे विषयमा यतिबेला अनेकन चर्चा परिचर्चा र बहस चलिरहेका छन् ।
यसै सन्दर्भमा ओम शर्मा चापागाईँकाे विचार यस्ताे छ: हिजाे भएकाे सर्वाेच्चकाे फैसलाबाट सम्भवत सवैभन्दा खुसी पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित भए हाेलान् । लालबाबु किन औधी खुसी भए हाेलान् ? भन्ने आधारमा केही दम छ । सामान्य प्रशासन मन्त्री हुँदा उनी जब अमेरिका पुगे उन्लाई भ्याई-नभ्याई कार्यकम तय भए । त्यहाँ रहेका नेपालीबाट हरेक कार्यक्रममा उन्ले एउटै कुरा सुने त्याे भनेकाे 'नेपाल र नेपाली प्रति घृणा, गाली अनि सत्ताे सराप । खासगरी दल, दलीय नेता र व्यवस्था प्रति ।'
जब उनी नेपाल फर्के अनि उद्घाेष गरे डिभी वा अन्य भिषामा अमेरिका पुगेर ग्रिनकार्ड वा नागरिकता लिएपछि नेपालबाट प्राप्त हुने सवैखाले सुविधा कटाउनु पर्छ । सरकरी सेवामा भए राजीनामा दिएर जानपर्ने नियम ल्याए । र उन्ले आक्राेश हुँदै नेपाली नागरिकता बाेक्ने सबैले नेपाल र नेपालीप्रति नकारात्मक प्रचारप्रसार गरेकाे ठहर गरे । उनिहरुले प्रचार गरे जस्ताे गए गुज्रेकाे नेपाल छैन । आफ्नै मुलुककाे बद्नाम गर्नेलाई नेपाली भन्न मिल्दैन । त्याे नेपाली हुन सक्दैन ।
वास्तविकता : नेपालमा अशान्ति छ । कुनैपनि बेला जे पनि हुन सक्छ । माओवादी समस्या समाधान हुनेवाला छैन । संविधान बन्नेवाला छैन । राजाले कुनैपनि बेला सेना हातमा लिएर शैनिक शासन चलाउन सक्छन् । नेपाल असफल राष्ट्र भइसक्याे । नेता र दलका कार्यकर्ता सबै भ्रष्ट छन् भनेर आफू सुरक्षित हुन अनि मनग्य कमाउन नेपालकाे नागरिकता च्यातेर (त्यागेर) रवि लामिछाने जस्ता धेरै नेपाली अमेरिका पलायन भएका छन् ।
तर पलायन भएपछि आँकलन गरेजस्तो भएन । विश्व समुदायलाई अनुकरण गर्न लायक तरिकाले माओवादी समस्या पनि समाधान भयाे । संविधान पनि बन्याे । असम्भव ठानिएकाे मधेश आन्दाेलन समाधान भयाे । राजा पनि थन्किएर बसे । भनेपछि अब नेपालमै भविश्य हुन सक्छ भनेर एउटा गाेजीमा अमेरिकी नागरिकता अर्काे गाेजीमा च्यातचुत पारेकाे खाेस्टाे नेपाली नागरिकता बाेकेर नेपालमा पुन:फर्केका हुन्, रवि लामिछाने ।
फर्केर पनि अब स्थायी रुपमा नेपाल बसिन्छ भन्नेमा ढुक्क थिएनन् र त करीब चार वर्ष उतैकाे हैसियतमा नेपाल बसे । च्यातचुतवाला खाेष्टे नागरिकतालाई केही ठानेनन् । तर त्यही च्यात्तिए/त्यागिएको नागरिकताकाे हैसियत हेक्का भएन । कहाँकाे अमेरिकन नागरिकता कताकाे नेपाली तुलनै भएन उनकाे मगजमा । राजनीतिक मैदानमा च्यात्तिएको नागरिकताले बल्ल घण्टी बजायाे । जुन उतिबेलै बजाउनु पर्दथ्याे ।
पुच्छरमा । एक व्यक्तिको प्रसंग मात्र हाेइन । नेपाली नागरिकता त्यागेर अब स्थायी रुपमा विदेशीएकालाई पनि गतिलाे पाठ सिकाएकाे छ हिजाेकाे फैसलाले । तसर्थ, याे फैसला ऐतिहासिक छ । सर्वाेच्चकाे फैसलामा टेकेर सरकारले नियम बनाई नागरिकता र राहदानीमा निर्मम हुनुकाे विकल्प छैन ।