जलेश्वर । महोत्तरी जिल्लाको छुट्टाछुट्टै स्थानमा आज भएको दुईवटा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार मृत्यु हुनेमा जिल्लाको औरही नगरपालिका- २ बस्ने ६० वर्षीय गोगाई ठाकुर लोहार र नाम, थर, वतन नखुलेको अन्दाजी ५० वर्षीया एक महिलाको सडक दुर्घटनामा परी मृत्यु भएको हो ।
लोहारलाई औरही नपा- २ स्थित सडकमा पैदल हिँड्दै गरेको अवस्थामा सर्लाही जिल्लाको बरहथवा नगरपालिका- ३ बस्ने रोशनलाल महतोको ना३७प ७२३१ नंको मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको हो ।
त्यसैगरी आजै सिन्धुली जिल्लाको लङ्गुरखोला महादेवको दर्शन गरेर फर्किँदै गरेको प्रदेश २-०२-००१त २२६४ नंको ट्र्याक्टर बर्दिबास नगरपालिका- ३ स्थित पाटुमोडमा आफँै अनियन्त्रित भई दुर्घटना हुँदा नाम, थर, वतन नखुलेको ५० वर्षीया महिलाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभयो ।
सो दुर्घटनामा परेर अन्य २८ यात्रु घाइते भएका छन् । घाइतेमध्ये १२ जनाको उपचार बर्दिबासस्थित जनसेवा अस्पताल, नौको साइमल्टी स्पेस्लिटी अस्पताल र सात जनाको उपचार शुभस्वस्तिक अस्पताल बर्दिबासमा भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएका यात्रुहरू महोत्तरी, धनुषा र केही भारतीय रहेको बताइएको छ ।