काठमाडौँ, १७ पुस :
उसाे त कार्यकुशलतापुर्वक आफ्नो जिम्मेवारी सम्पादनमा मात्र रमाउने, कसैको चाकडी चाप्लुसी गर्न मन नपराउने र आफू कार्यरत कार्यालयको ब्यबस्थापकीय सुधार एवम् चुस्त सेवा प्रवाहमा निरन्तर लागिपर्ने र आफूले गरेका काम/सुधारहरूको प्रचार गर्न नरुचाउने स्वभाव भएका एक जिम्मेवार कार्यालय प्रमुखको रूपमा आफूलाई उभ्याउन सफल ब्याक्तित्व हुनुहुन्छ कोष तथा लेखा नियन्त्रक कार्यालय त्रिपुरेश्वरका कार्यालय प्रमुख चन्द्रप्रसाद भुसाल। काम विशेषले उहाँको कार्यालयमा पुग्दा र उहाँसँग भएको छोटो कुराकानीको क्रममा उहाँको काम गर्ने शैली, कार्यालय ब्यबस्थापन र सेवा प्रवाहका विषयमा एक सञ्चारकर्मी कलमजिबीको नाताले अलिकति नलेखिरहन सकिनँ ।
सरकारी कार्यालयभन्दा बित्तिकै हाम्राे मगजमा सुझ्ने प्रमुख कुरा नै त्यहाँकाे कार्यशैलीमा हुने ढिलासुस्ती, अब्यबस्थापन र भद्दा साङठनिक संरचनाको चित्र अगाडि आउँछ। निजी कार्यालयमा क्षणभरमै पाइने सेवा पनि सरकारी कार्यालयमा निकै समय लगाइदिनाले सरकारी कर्मचारीप्रति आम जनसाधारणकाे मानसिकता अझैपनि बेग्लै रहेको पाइन्छ ।
कमजाेर प्राशासनिक व्यवस्था, चुस्त व्यवस्थापनमा उदासिनता तथा उचित नियन्त्रणकाे कमीका कारण सेवाग्राहीमैत्री हुन नसकेका देशका तमाम सरकारी कार्यालयकाे लागि एक पृथक गतिलो उदाहरण बन्न सक्छ, राजधानी काठमाडाैँकाे त्रिपुरेश्वरस्थित काेष तथा लेखा नियन्त्रक कार्यालय । हुनत सुधारभन्दा बित्तिकै एकैचोटी आमूल परिवर्तन त सम्भव नहोला तर स-साना कुराहरूको सुधारबाटै सुशासन कायम गर्न सकिन्छ भन्ने कुराको गतिलो उदाहरण हुनुहुन्छ प्रमुख कोष नियन्त्रक चन्द्रप्रसाद भुसाल। उहाँले नेतृत्व सम्हाल्नुअघि कमजाेर संरचना, जीर्ण भवन तथा प्रशासनिक अब्यवस्थाले ग्रसित कोलेनिका त्रिपुरेश्वरको कार्यालय भवन अहिले नयाँ, चिटिक्क र सुब्यबस्थित रूपमा पाउन सकिन्छ।
यसअघि काेष तथा लेखा नियन्त्रक कार्यालय धादिङ्ग र भैरहवामा रहंदा समेत उल्लेखनीय सुधार कार्यहरु गरिआउनुभएको कुरा त्यहाँका आम कर्मचारीहरु उहाँलाई सम्झिरहन्छन ।
दशकौँदेखिको अव्यवस्थित, फोहोर र झारपातका कारण स्याहार सुसार नपाएको अवस्थाको कार्यालय भवनलाई रंगरोगन तथा मर्मत सुधार, कार्यालयभित्रको आन्तरिक साजसज्जा गराइ प्रमुख भुसालले कार्यालयकाे शाेभा बढाउनुभएकाे छ। सेवाग्राहीले कामकाेलागि प्रतीक्षा गर्नुपर्दा उहाँले प्रतीक्षा कक्षमा टेलिभिजनको व्यवस्था, खानेपानीको प्रवन्ध र कार्यालयमा सिसी क्यामेराको समेत व्यावस्था मिलाउनुभएको छ। यसका साथै सुविधायुक्त मिटिङ हलको प्रबन्ध तथा उस्तै खालकाे प्रविधिमैत्री प्रणालीगत सेवाका कारण सबै कागजपत्र पेश भएको पन्ध्र बीस मिनेट देखि आधा पौने घन्टामै सेवा प्रदान हुने ब्यबस्था मिलाइएको छ । इन्टरनेटकाे जमाना भएका कारण आजकल सबै काम सहजै अनलाइन मार्फत थाेरै समयमै सुसम्पन्न हुन्छन् । सो कार्यालय मार्फत हुने भुक्तनी निकासाहरुलाई सकभर फेसलेस सेवा दिने कार्य गरेको पाईन्छ। पारिवारिक पेन्सनको लागि भौतिक रूपमा नै उपस्थित हुनुपर्ने भएपनि अशक्त बृद्धबृद्दाहरूको लागि स्थानीय तहको शिफारिस वा घरमै कर्मचारी खटाइ सेवा दिने ब्यबस्थासमेत मिलाइएको छ ।
कुनैपनि कार्यालय राम्राे हुनकाे लागि त्यहाँकाे कार्यालय प्रमुखकाे महत्वपूर्ण भुमिका हुन्छ भन्ने एक गतिलो उधाहरण हो काेष तथा लेखा नियन्त्रक कार्यालय त्रिपुरेश्वर । अर्घाखाँचीमा जन्मिनु भएका भुसाल प्रमुख कोष नियन्त्रककाे रूपमा साे कार्यालयमा ०७८ बैशाखदेखी कार्यरत हुनुहुन्छ । उहाँ कार्यालयमा हाजिर हुन आउँदा कमजोर अवस्थामा रहेकाे भवन संरचना र सेवा प्रवाहलाई उहाँले आफ्नाे अनुभव, ज्ञान र बुद्धि बिबेककाे प्रयाेग गर्दै निकै व्यवस्थित बनाउनु भएकाे छ ।
कार्यचापका दृष्टिकोणबाट अन्य कोलेनिकाहरूभन्दा अत्यन्तै बढी कार्यचाप भएको यो कोलेनिकामा कार्यालय प्रमुख सहित १३ जना कर्मचारीबाट सेवा प्रदान हुँदै आएको छ । अन्य कोलेनिकाभन्दा अत्यन्तै महत्वपूर्ण र ठूलो काम करिब २ लाख ५० हजार पेन्सनर(सेना,प्रहरी,निजामती,शिक्षक) को पेन्सन रकम मासिक रूपमा करिव रु. ६ अर्व रकम प्रत्येक पेन्सनरको खातामा पठाउन काम कम्ती चुनौतीपूर्ण छैन तथापि पेन्सनरको उक्त रकम यथासमयमा पठाउनु पर्छ भन्ने कुरामा कार्यालयको प्रथम प्राथमिकता रहेको छ र ढाइलाख पेन्सनरको खातामा समयमा निकासा गर्नेमात्र होइन त्यति धेरै काराेवारहरूको र अन्य कारोबारहरूकोसमेत दैनिक रुपमा गरिने डे क्लाेज हिसाब मिलानमा पनि उहाँ त्यत्तिकै सजग हुनुहुन्छ । यो कोलेनिकालाइ "पेन्सन कोलेनिका" भन्दा पनि हुन्छ भन्नुहुन्छ उहाँ किनकि यसका अलावा निजामती किताबखानाबाट प्रत्यायोजित काठमाडौँ जिल्लाभरका पेन्सनरको पारिवारिक पेन्सन्पट्टा जारी गर्ने, ७५ र ८५ वर्षे औ.उ. थपको काम लगाएत थुप्रै अन्य कामहरु समेत यस कार्यालयले गर्नुपर्छ । कुनैबेला पेन्सन लिनकाे लागि बैंकमा घण्टाैँ लाइन बस्नुपर्थ्याे । बैंकले समयमा रकम जम्मा गर्न सक्दैनथ्यो । पेन्सरले समयमा पैसा पांउदैनथे तर अहिले त्यसाे छैन्, इलेक्ट्राेनिक फन्ड ट्रान्सफर ( EFT) मार्फत ०७८ जेष्ठदेखी समयमै सेवाग्राहीकाे खातामै direct पैसा पुग्छ । यसबाट समयकाे बचतका साथै रास्ट्र सेवा गरेका पुर्वकर्मचारिहरुकाे पेन्सन रकम समयमै पठाउन पाउँदा भुसालले खुसी व्यक्त गर्नुहुन्छ। यो नयाँ ब्यबस्थाबाट नेपाल सरकारलाई बार्षिक करिव रु. ६० करोड भन्दा बढी रकम राजस्व बचत भएको छ । बैकलाइ दिनुपर्ने कमिसन सरकारले बचाएको छ । प्रमुख भुसाल भन्नुहुन्छ प्रविधिमैत्री यो सेवा बिदाका दिनमा पनि कर्मचारीहरुले तथा स्वयं आफैले घरमै बसि काम गर्ने कुरा वताउनुहुन्छ तर यसको संबंधित निकायबाट उचित मुल्यांकन हुन नसक्दा भने अली नजाती लाग्ने कुरा बाताउनुहुन्छ उहाँ । तर कुनै जस वा पुरुस्कारको लोभ नगरी काम गर्दा आत्मसन्तुष्टि हुने कुराले चांहि प्रफुल्लित तुल्लयाउदो रहेछ उहाँलाई । काेष तथा लेखा नियन्त्रक कार्यालयको प्रमुख कामहरू मध्ये अन्तरगतका कार्यालयहरुको भुक्तानी निकासा गर्ने, तिनीहरुको त्रैमासिक आन्तरिक लेखापरीक्षण गर्ने तथा प्रतिवेदन गर्ने कार्य रहेको छ। काठमाडौ जिल्ला स्थित प्रदेश अन्तरगतका कार्यालयहरुको भुक्तनि निकासा तथा आन्तरिक लेखापरीक्षण गर्ने प्रदेश लेखा इकाईको समेत यस कार्यालयले कार्य सम्पादन गर्नुपर्दछ । गत आबको कार्यसम्पादनमा यस कार्यालयले अब्बल रुपमा कार्य सम्पादन गरिसकेको छ ।
सबै काम सिस्टममा हुने हुँदा महालेखा नियन्त्रक कार्यालयले अहिले system leading organization को रुपमा काम गरि रहेको उहाँ बताउनुहुन्छ । सरकारी सबै भुक्तानी तथा आम्दानीहरु अनलाइन system बाट हुने, चेककाे प्रयोग निकै कम हुने उहाँकाे भनाइ छ ।
अर्घाखाँची जिल्लाको तत्कालीन वाङ्ला रोकाहाटोला(हाल सन्धिखर्क-२, कुर) मा बुवा रुक्मांगत भुसाल र आमा देवका भुसालको कोखबाट बिसं २०२६ साल बैशाख १२ गते कान्छाे सन्तानकाे रूपमा जन्मनुभएका भुसालको प्राथमिक तहको अध्ययन सन्धिखर्क स्थित श्री जनज्योति माध्यमिक विद्यालयबाट भयो । उच्च शिक्षाको लागि २०४४ सालमा काठमाडौ आउनुभएका भुसाल २० बर्षकै कलिलाे उमेरमा खरिदार पदबाट निजामती सेवामा प्रवेश गर्नुभएकाे हाे । सानै उमरदेखि प्रशासनिक तथा रास्ट्रसेवाको काममा लागेका भुसालसँग यस क्षेत्रकाे धेरै अनुभव छ । २०५५ सालमा लेखा अधिकृत पदमा १ नम्बरमा शिफारिश हुनुभएका भुसाल विभिन्न कार्यालय हुँदै करिब ३ बर्ष सार्वजनिक बित्तब्यबस्थापन तालिम केन्द्रमा बरिस्ठ प्रशिक्षकको जिम्मेवारी समेत निर्वाहा गर्नुभयो । त्यहाँ कार्यरत रहंदा सार्वजनिक बित्त ब्यस्थापनका विविध बिषयहरुमा प्रशिक्षण गर्नुभएका भुसाल जागीरे जिवनको लामो यात्रामा काम र जिम्मेवारीलाई प्रहिलो प्राथमिकता दिंदै अरुलाइ ज्ञान दिन सक्ने क्षमता हुंदाहुंदै पनि उपसचिव स्तरमै चित्त बुझाउनु भएको छ । आफ्नो पद,जिम्मेवारी र काममा सन्तोष मान्दै आफ्नो कर्तव्यपथमा अंगाडि बढिरहनु पर्छ भन्ने कुरामा उहाँ अडिग देखिनुहुन्छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय एकातर्फ कार्यकारी भुमिका निर्वाह गर्ने कार्यालयको रुपमा रहेको छ भने अर्कोतर्फ नियामक निकायको रुपमा समेत यस कार्यलयले कार्यसम्पादन गर्नुपर्दछ। 'बेरुजु र बित्तिय अनुशासनहिनतामा शुन्य सहनशीलता: हाम्रो प्रतिबद्धता' भन्ने स्लोगन कार्यालयको मुलद्वार मा टांगेको यो कार्यालयले अन्तर्गत सबै कार्यालयहरुको बिनियोजन,राजस्व,धरौटी र कार्य सन्चालन कोष तर्फको आन्तरिक लेखापरीक्षण गरि कुनै अनियमितता भएको पाइएमा यथा समयमै सुधारका लागी सुझाव/प्रतिवेदन दिने गर्छ र सुधार नगरे/नभए आफ्नो वार्षिक प्रतिवेदनमा समावेश गर्ने र अन्तिम लेखापरीक्षणबाट समेत बेरुजु कायम हुने र उक्त बेरुजु फर्छौटमा समेत के कति कार्बाही तथा प्रगति भयो भनेर समय समयमा लेखा प्रमुखहरुको विभिन्न बैठकहरुबाट हेर्ने अनुगमन गर्ने काम पनि गर्छ । कार्यालयहरुले जिन्सी ब्यबस्थापन के कस्तो गरेका छन, पुंजिगत कार्यक्रमहरुको भौतिक प्रगति के कस्तो रहेको छ यी आदि कार्यहरूको समेत अनुगमन/प्रतिबेदन कार्यालयबाट लिइने गरेको छ । जसबाट समग्र कार्यालयहरुको आन्तरिक नियन्त्रण प्रणाली, बित्तिय अनुशासन आदिको जाँच,मुल्यांकन र निर्देशन, नियन्त्रण समेत कोलेनिका कार्यालयले गरि रहेको देखिन्छ । यस कार्यालयमार्फत भरपर्दाे,चुस्त,प्रभाकारी,छिटोछरतो र प्रविधिमैत्री सेवा पाइरहेकाे सेवाग्राहीकाे समेत मिठाे अनुभव छ भने बित्तिय अनुशासन कायम गर्न गराउन आफ्नो कार्यसिमा,कार्य जिम्मेवारी,कार्याक्षेत्र र श्रोत साधनले भ्याएसम्म दत्तचित्त भएर अबिछिन्न रूपमा सम्पुर्ण कोलेनिका परिवार, त्रिपुरेश्वर खटिइ नै रहेको छ भन्ने कुरामा दुई मत हुन सक्दैन ।