परिचय:
गण्डकी सभ्यता ज्यादै पुरानो सभ्यता हो । बिश्वमा सभ्यताको बिकाश प्रायजसो नदी किनारबाट भयको देखिन्छ । चाहे रोमको सभ्यता होस् वा यथेन्स पेरिस होस् वा सबैजसो सभ्यताहरु नदि किनारबाटै बिकसित र परिस्कृत भयका छन् । गण्डकी सभ्यता भनौ या कालिगण्डकी सभ्यता भनौ यो सभ्यता निकै नै पुरानो भयको कुरा इतिहास तथा पुराणहरुको अध्ययान बाट पुस्टि हुन आउछ ।
नेपालको इतिहास अध्ययान गर्दा लिच्छवी कालमा मानदेवको पालाको चङ्गु नारायणको शिलालेख नै पहिलो लिखित शिलालेख हो । त्यो शिलालेखको अध्ययान गर्दा मानदेवले आफ्नो मुद्रा मानाङ्क चलायका थिय । त्यो मानाङ्क मुद्रा बाग्लुङ्ग बजारमा फेला परेको भनी कुनै कुनै इतिहासका पुस्तकमा पाइन्छ । त्यसैले गण्डकी सभ्यता त्यतीबेला देखी बिकाश भयको तथ्य यसबाट झल्कन्छ । कस्मिरि लेखक कल्हणले आफ्नो “लाज तरङ्गिनी” मा कस्मिरी राजा जयापिडलाइ नेपालका तत्कालीन शासक अरमुण्डीले गण्डकी पार गर्ने क्रममा हरायको र थुनियको कुरा इतिहासमा उल्लेख छ । यो अवधि करिव आठौँ सताव्दीको हो । त्यतीबेला पनी गण्डकी क्षेत्रको सभ्यता विकसित अवस्थामा रहेको पुस्टी हुन्छ । इसापुर्वनै कालिगण्डकी क्षेत्र भयर भारतबाट कोरला नाका हुदै तिब्बत सम्म ब्यापार हुने गरेको थियो र चिन सम्म पुगेको थियो । केन्द्रिय सासन कमजोर हुदा बाइसे र चौबिसे राज्य विकसित भयको देखिन्छ । त्यतीवेला पनि गण्डकी सभ्यता कायमै देखिन्छ ।
त्यसैगरी पौराणिक र धार्मिक ग्रन्थको अध्ययन गर्दा पनि पद्य पुराणको पाताल खण्डको विष्णु अध्यायमा गण्डकी सालिग्राम महात्म्यको वर्णन छ । त्यसैले ७५ औँ अध्यायमा गण्डकी तिर्थको वर्णन छ । स्कन्ध पुराणको वैष्णव खण्डमा जय विजयले गण्डकी नदिमा स्नान गरेर मुक्ती पायको उल्लेख छ । अग्नीपुराणमा पनी यो शिलाको उल्लेख गरियको पाइन्छ । यो सालिग्रम शिला विश्वमा अन्त कतै पाईदैन ।
वराह पुराणमा सबै गण्डकीको उत्थान देखी नारायणी नदी (वाल्मिकी आश्रम) सम्मको बर्णन छ । सतिदेवीको ५१ पिठ मध्य दाहिने गण्डस्थल मुक्तिनाथमै पतन भयको हो । गलेश्वरमा रहेको चक्रशिलाको वर्णन भगवतमा पनि गरियको छ । कालि र श्रीकृष्ण गण्डकीको संगमस्थल कागवेनी पवित्र तिर्थस्थल मानिदै आयको छ ।
यी माथी उल्लेखित पौराणिक एवं ऐतिहासिक तथ्यबाट गण्डकी सभ्यता प्राचिन सभ्यता हो । पौराणिक एवं ऐतिहासिक कालदेखीनै विकाश र विस्तार भयको पुस्टी हुन्छ । मुक्तीक्षेत्र, देवघाट, त्रिवेणीधाम, हरिहर क्षेत्र आदि ब्रमहर्षि, महर्षि, ऋषि, राजऋषिहरुको यज्ञयज्ञादी एवं साधनास्थल एवं तपोभुमी रहेको गण्डकी सभ्यता यस क्षेत्रको धरोहरका रुपमा रहेका छन् । यसरी हाम्रो ऐतिहासिक एवं पौराणिक गौरभको रुपमा रहेको कालिगण्डकी (गण्डकी) आजभोली नाश हुने खतरामा रहेको छ । नदिमा फोहोर फाल्ने, ढल मिसाउने, दुर्गन्ध मिसाउने ठाउ बन्न लागेको छ । ब्यापारिक लाभका लागी गिट्टी बालुवा एवं नदिजन्य पदार्थहरुको दोहन भैरहँदा प्राकृतिक रुपमा रहेको शालिग्राम लोप हुने अवस्थामा रहेको र जलचरहरुको बासस्थान निर्मुल हुदै गर्दा बिश्वका सनाता धर्मीहरुको आस्था र श्रद्धाको केन्द्र नदिको अस्तित्वनै संकटमा पर्न लागेको छ । त्यसैले पनि गण्डकी सभ्यता बचाउनु आजको आवस्यकता भयको छ । जन्मथलो त्यस क्षेत्र भइ कर्मथलो अन्यत्र बनाइ देश विदेशमा बस्ने हामी सवै धौलागिरी वासि सबैको गण्डकी सभ्यता बचाउनु परम कर्तव्य भयर आयको छ । दुनियाका अरु सभ्यताका पनी बिस्तार र बिकाश संरक्षणबाटै भयको छ । यसै कुरालाइ मध्यनजर गरी धौलागिरी समाज नेपालले सबैको चासोको रुपमा रहेको मानव बिकाशमा सचेतना र जागरण ल्याउन गण्डकी सभ्यता बचाऊँ महाअभियान(२०७५) को थालनी गरियको छ ।
गण्डकी क्षेत्रमा पर्ने धार्मिक, सँस्कृतिक र पर्यटकीय क्षेत्रहरु:
दामोदर कुण्ड,
मुक्तिक्षेत्र,
कागवेनी,
गलेश्वर धाम,
पुलस्त्य पुलाआश्रम,
सेतिवेनी,
रिणी रुरुक्षेत्र, ऋषिकेश्वर,
रानिमहल,
मिर्मी,
राम्दीघाट,
देवघाट,
नारायण घाट,
त्रिवेणी,
गजेन्द्रमोक्ष
सहस्रधारा,
जैमिनिघाट,
साथै निरयघाट (निर्णय घाट), खुदुर्केघाट, मोदिवेनी बेलबगर, रुद्रवेनी जस्ता तिर्थस्थल यसै नदि किनारमा अवस्थित छन् ।
पश्चिम नेपालको प्रवेशद्वारको रुपमा रहेको बाग्लुङ्ग कालिका भगवती मन्दिर, त्रिपुरेश्वर महादेव मन्दिर विहुँ, गायत्रि पाञ्चायन मन्दिर सिंगाना, पञ्चकोट (सर्वसिद्धिधाम), गल्कोटको घुम्टे, गल्कोट दरवार, सालिमे दह, ढोरपाटन, बेलढुङ्गा, वेनी तातोपानी, गाजा दह, गाजा धुरी, थनथाप माई, हाँडिकोट, भैरवस्थान (बलेवा), भकुण्डे, गुप्तेश्वर गुफा, शालिग्राम महाशिला, भुरुङ तातोपानी, मार्फा, जोमसोम, पञ्चासे, उत्तरगया, देविघाट जस्ता धार्मिक एवं पर्यटकिय महत्वका ठाउहरु पनि यसै क्षेत्र भित्र पर्दछन् । यस वाहेक पनि गण्डकी नदिको त्रिवेणी देखि माथि रहेका विभिन्न नदि किनारमा धार्मिक महत्वका प्रसस्थ स्थलहरु रहेका छन् । यस क्षेत्रमा धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरी, गणेश, लाङटाङ जस्ता प्रसस्त सुन्दर हिमालहरुको साथ साथै नेपाल सरकारले सन् २०२० लाइ पर्यटन वर्षको रुपमा मनाउने महाअभियानमा पहिचान गरेका प्रसस्त उत्कृष्ठ पर्यटकिय स्थानहरु समेत यहि गण्डक क्षेत्र भित्र पर्दछन् ।
गण्डकी सभ्यताका मुख्य बजार तथा बस्तीहरु:
मुस्तङ्गमा पर्ने लोमन्थान मुक्तिनाथ अन्नदान क्षेत्र (रानिपौवा), कागवेनी, जोमसोम, मार्फा, टुकुचे, कोवाङ, लेते,
म्याग्दीमा पर्ने भुरुङ तातोपानी, म्याग्दी तातोपानी, वेनी, दरवाङ, रघुघाट, राँखु,
बाग्लुङमा पर्ने बाग्लुङ्ग बजार, काँठेखोला, विहुँकोट, गल्कोट, हरिचौर, ताराखोला, खर्वाङ, ग्वालिचौर, बुर्तिवाङ, बरेङ, बलेवा, कुस्मिसेरा, बेलबगर,
पर्वतमा पर्ने पारिवेनी, मल्लाज, कुस्मा पातिचौर, डिमुवा, महाशिला, कार्किनेटा, फलेवास जस्ता बजार र बस्तीहरु र पोखरा, दमौली, वेशिसहर, गोर्खा, तम्घास, पाल्पा, विदुर, परासी, नारायणघाट, मुग्लिन जस्ता बस्ती एवं शहरहरुपनि यहि गण्डकी सभ्यता भित्रका विकशित बस्तीहरु हुन् ।