नोमपेन, २७ कात्तिक रासस\सिन्ह्वा
कम्बोडियामा आयोजित ४० औँ तथा ४१औँ आसियान शिखर सम्मेलन तथा सम्बन्धित शिखर सम्मेलन आइतबार सम्पन्न भएका छन् ।
सम्मेलनले कोभिड–१९ महामारीपछिको सामाजिक–आर्थिक पुनः उत्थानका लागि बृहत्तर क्षेत्रीय सहयोगका लागि फलदायी परिणाम हासिल गरेको बताइएको छ ।
कम्बोडियाका प्रधानमन्त्री सामदेक टेचो हुन सेनले चार दिने शिखर सम्मेलनको समापन समारोहमा भन्नुभयो, “यी चार दिनभित्र हामीले विशेष गरी विश्वले तीव्र गतिमा विकसित जटिल क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाको सामना गरिरहेको समयमा आसियान केन्द्रीयता र हाम्रा बाह्य साझेदारहरूसँगको सम्बन्धमा हाम्रो मूल्यलाई सुदृढ गर्ने तरिकाबारे व्यापक र फलदायी छलफल गरेका छौं ।
आसियान समुदायका तीन खम्बालाई समेट्ने गरी कुल ७० वटा परिणाममुखी दस्तावेज र घोषणापत्रहरू शिखर सम्मेलनमा स्वीकार गरिएको र नोट गरिएको बिषयमा संवाद साझेदारहरूसँग विभिन्न सहयोग ढाँचाहरू अनुमोदन गरिएको हुन सेनले बताउनुभयो ।
आसियान समुदाय निर्माणको लागि शिखर सम्मेलनले आसियानको ५५ औं वार्षिकोत्सवमा आसियान नेताहरूको वक्तव्य, आसियान नेताहरूको आसियान एसीटी ः सम्बोधन चुनौतीहरू सँगै आसियान नेताहरूको सन् २०२५ पछिको एजेन्डामा आसियान नेताहरूको वक्तव्यलाई स्वीकार गरेको छ ।
शुक्रबार आसियान नेताहरूले तिमोर–लेस्टेलाई ११ औँ आसियान सदस्यका रूपमा स्वीकार गर्न सैद्धान्तिक सहमति जनाएका थिए । हुन सेनले भन्नुभयो, “म यो कुरामा जोड दिन चाहन्छु कि आसियानको केन्द्रीयता आसियानको नेतृत्वमा रहेका विभिन्न संयन्त्रहरूमार्फत् हाम्रा बाह्य साझेदारहरूसँग ठोस संवाद र सहकार्यका लागि मुख्य प्रेरक शक्ति हो ।”
समापन समारोहमा हुन सेनले इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई आसियान अध्यक्षको जिम्मेवारी हस्तान्तरण गर्नुभयो । दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) मा ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, फिलिपिन्स, सिङ्गापुर, थाइल्याण्ड र भियतनाम छन् ।