परिचय:
एलोन रीभ मस्क “एफआरएस” (जन्म जून-२८-१९७१) एक व्यवसाय म्याग्नेट, औद्योगिक डिजाइनर र इन्जिनियर हुन् । उनी स्पेस एक्सका संस्थापक, सीईओ, सीटीओ र प्रमुख डिजाइनर हुन् । उनी टेस्ला इन्क का प्रारम्भिक लगानीकर्ता, सीईओ र उत्पादन वास्तुकार हुन् । उनी बोरिंग कम्पनी को संस्थापक, निउरो लिङ्कका सहसंस्थापक र ओपनएआईका सहसंस्थापक र प्रारम्भिक सहअध्यक्ष पनी हुन् । उनी २०१८ मा फेलो अफ रोयल सोसाइटी को फेलो निर्वाचित भए। त्यो वर्ष, उनी विश्वको सबैभन्दा शक्तिशाली व्यक्तिहरूको फोर्ब्स सूचीमा २५ औं स्थानमा थिए र २०१९ को सबैभन्दा नवीन नेताहरूको फोर्ब्स सूचीमा प्रथम स्थानमा थिय। उनी एक सेन्टी अरबपति भनेर पनी चिनिन्छन् । मस्क जनवरी २०२१ मा, एक हप्ताको लागि, संसारको सबैभन्दा धनी व्यक्ति भय।
सम्पत्ती:
सीएनबीसी गणना अनुसार इलन मस्क विश्वमै सबैभन्दा धनी व्यक्ति बनेका छन् । उनको कुल सम्पत्ति १ खर्ब ८५ अर्ब डलरभन्दा बढीको भएको सीएनबीसीले जनाएको छ ।
टेस्लाको सेयर मूल्यमा बिहीबारको बृद्धिले मस्कलाई विगतका जेफ बेजोसलाई धक्का दिए , जो २०१७ पछि सबैभन्दा धनी व्यक्ति थिए र अहिले उनको सम्पत्ति १८४ बिलियन डलर छ । मस्कले २०२० सुरुमा लगभग २७ बिलियन डलरबाट सुरु गरेका थिय, र त्यतीवेला उनी शीर्ष ५० धनी व्यक्तिहरूको सुचिमा मुश्किलले अटेका थिय।
टेस्लाको उडेको सेयर मूल्यले उनलाइ यो सफलता हासिल गर्न सहयोग गरेको हो जुन गत बर्षको तुलनामा नौ गुणा बढेको छ र उनको उदार वेतन प्याकेजले उनको नेटवर्थमा १४० बिलियन भन्दा बढी जोडेको छ ।
जुलाईमा मस्कले वारेन बफेटलाई पछि पार्दै सातौं धनी व्यक्ति बने । नोभेम्बरमा मस्कले बिल गेट्सलाई पछाडि पारेर दोस्रो सबैभन्दा धनी व्यक्ति भए।
गेट्सको १३२ बिलियन डलरको सम्पूर्ण सम्पत्ति भन्दा मस्कले गत १२ महिनामा बढी धन कमाएका छन् ।
टेस्लाको सेयरहरू बिहीबार करीव ८ प्रतिशतले बढि ८१६.०४ मा बन्द भयो। कम्पनीको बजार मूल्य ७६० बिलियन डलर भन्दा बढिले बढेको छ ।