काठमाडौँ । चलचित्र प्रेम ‘प्रेम गीत ३’ नेपालमा नेपाली र हिन्दी दुवै भाषामा प्रदर्शन हुने भएको छ । सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको सो चलचित्र असोज ७ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने भएको हो ।
पहिलोपटक नेपाली फिल्म हिन्दी संस्करणमा प्रदर्शन हुन लागेको हो। गत शनिबार फिल्मको हिन्दी र नेपाली दुवै संस्करणमा टिजर सार्वजनिक गरिएको छ । टिजर सार्वजनिक भएपछि दर्शकहरूले हिन्दी संस्करणलाई रुचाएका छन् ।
अधिकांश दर्शकले हिन्दी संस्करणमा डाइलग डेलिभरी राम्रो भएको प्रतिक्रिया दिएका छन् । हिन्दी टिजरलाई दर्शकले रुचाएसँगै हिन्दी संस्करण नेपालमा पनि प्रदर्शन हुने भएको निर्माण पक्षले जनाएको छ ।
भारतमा फिल्मलाई जी-म्युजिक, यूएफओ र मधु इन्टटेनमेन्टले प्रदर्शन गर्न लागेको हो । फिल्म निर्देशनमा सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन् । फिल्मको कथा पनि निर्देशक गुरुङले नै तयार पारेका हुन् ।
प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ ।
ठूलो लगानीमा निर्माण भएको ुप्रेम गीत ३ु भारतमा ४ करोड रुपैयाँमा बिक्री गरिएको दाबी गरिएको छ ।