स्थानीय तह निर्वाचन २०७९ हालैमात्र मात्र सम्पन्न भएको छ | मुलुकमा रहेका ७५३ वटा गाउँपालिका ,नगरपालिका,
उप-महानगरपालिका ,महानगरपालिका हरु मा निर्वाचन सम्पन्न भएको छ | विभिन्न ठाउँको नतिजा आउनेक्रम जारी छ, जनताले आफ्ना जनप्रतिनिधि हरु ठूलो आशा र भरोसाका साथ चुनेर पठाएका छन् | उनीहरूको आशा र भरोसा भनेको सफल सरल र सहज पहुँच को सरकार स्थानीय तहमा होस् भन्ने जनताको चाहना छ |
सोहीअनुरुप दलहरुले पनि आफ्ना घोषणापत्र अनुसार आफू र आफ्नो दल बाट निर्वाचित भएका जनप्रतिनिधिहरुले काम गर्ने कुरा विश्वस्त बनाएका छन् |
जनताले आफ्ना जनप्रतिनिधि हरुलाई आफ्नो भाग्य र भविष्यको लागि निर्वाचित बनाएर पठाएका छन् |
उनीहरूको चलन व्यवहारले स्थानीय तहको भविष्यको रुपरेखा कोर्ने छ |
सम्पन्न स्थानीय तहको चुनावमा हामीले देखेका थियौँ आफ्नै घरका दाजुभाइबीच प्रतिस्पर्धा थियो |
उनीहरुले एकआपसमा तछाडमछाड गर्दै आफ्नो जिताउन र आफ्ना मुद्दाहरुलाई स्थापित गर्नको लागि लागिपरेका थिए |
सोहीअनुरुप एकपक्षिय सफल भयो भने, अर्को पक्ष असफल भयो, निर्वाचनको दौरानमा एक पक्षले मात्रै जित हात पार्ने हुन्छ,
सोहीअनुसार एउटा पक्षको जित हुँदा अर्को पक्षको हार हुन्छ ,
तर लोकतन्त्रको सुन्दर पक्ष भनेको निर्वाचनको दौरानमा दलहरु को प्रतिस्पर्धी एकआपसमा हुन्छ ,आफूलाई अगाडि बढाउने , प्रतिस्पर्धा गर्छन् र निर्वाचन सम्पन्न भइसकेपछि ,उनीहरुले एकार्काको अस्तित्वलाई स्वीकार गर्दै फेरि समाजमा आफूहरूको उपस्थिति राख्दछन् |
हालै सम्पन्न निर्वाचनमा देशका विभिन्न ठाउँमा विभिन्न खालका घटनाक्रमहरु पनि घटेको देखिएको छन | जनताले आफ्नो भविष्य निर्माण गर्नको लागि कुनै पनि कसर बाँकी नराखी निर्वाचनलाई सहयोग गरी नागरिकको कर्तव्य पूरा गरेका छन् |
निर्वाचन भनेको जनताहरु द्वारा चुनिएका प्रतिनिधिहरुलाई , आफ्नो अधिकार उनीहरु मार्फत आफूलाई प्रयोग गर्नुको लागि गरिने प्रक्रिया पनि हो |
यसमा प्रत्येक नागरिकले आफूभित्र रहेको अधिकार लाई सम्पूर्ण तरिकाले आफ्नो जन प्रतिनिधिले प्रयोग गरेर जनताको साझा भविष्य निर्माणको लागि उसले जिम्मेवारी पाएको हुन्छ|
सामाजमा विभिन्न खालका मानिसहरु बसोबास गर्दछन्, त्यसमध्ये कोहि गरिब कोही धनी कहि बिपन्न , कोही सम्पन्न हुन्छन्|
विभिन्न जातजाति भाषाभाषी र कलासंस्कृति पहिचान भएका मानिसहरूको समूह समुदायमा बस्ने गर्दछ |
सबै समुदायलाई मिलाएर राम्रो सम्पन्न र सुखी समाज निर्माणको जिम्मेवारी लिएर जनप्रतिनिधिहरुको निर्वाचित भएका हुन्छन्
सोहीअनुरुप उनीहरुले गर्ने काम कर्तव्य पनि त्यहीअनुसारको हुन्छ | हाली सम्पन्न निर्वाचनमा के देखिएको छ भने , पुराना अनुहारहरू पछाडि परेका छन् भने |
नयाँ अनुहारहरूले आफ्नै स्थान बनाउँदै लगेको देखिएको छ |
समाजमा मानिसले प्रत्येक पलमा परिवर्तनको चाहना गरेका छन् | सोहीअनुरुप आफूलाई जनताले चाहे अनुसारको परिवर्तन गर्न नसक्ने जनप्रतिनिधिहरूको हार भएकोछ, जनता सचेत भएका छन् उनीहरुले काम र कर्तव्य बुझ्ने जनप्रतिनिधिहरुको
चाहना राखेका छन् सोहीअनुसार आफ्नो काम र कर्तव्यलाई बुझ्ने जनप्रतिनिधिहरुले आफ्नो राजनीतिक भविष्य नी सुनिश्चित गर्ने देखिएको छ |