उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हिजो राजपत्रमा सूचना निकालेर विभिन्न १० प्रकारका विलासी उपभोग्य सामान नेपाल भित्र्याउन रोक लगाइएको जनाएको हो ।
असार मसान्तसम्मका लागि भन्दै आयातमा रोक लगाइएको हो ।
राजपत्र अनुसार २०७९ वैशाख १३ गतेभन्दा अगाडि बुकिङ माध्यमबाट आयातको प्रक्रिया भएको हकमा यो व्यवस्था लागू हुँदैन । त्यस्तै, नेपालस्थित कूटनीतिक नियोगले आफ्नो प्रयोजनका लागि वस्तुहरु आयात गर्न सक्ने जनाइएको छ ।
१. कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु
२. सबै प्रकारका तयारी मदिरा
३. चुरोट तथा सुर्तीजन्य बस्तु
४. हिरा
५. मोबाइल सेट
६. रंगीन टेलिभिजन (३२ इञ्चभन्दा माथिका)
७. जीप, कार र भ्यानहरु (एम्बुलेन्स र शववाहन प्रयोजनका लागि ल्याउन पाइने)
८. मोटरसाइकल (२५० सीसी भन्दा माथिल्लो क्षमताका)
९. खेलौनाहरु
१०. तास