क. नेपाल र नेपाली :
नेपाल हिमालको काखमा रहेको अति सुन्दर देश हो । नेपाल दुई अति विशाल राष्ट्रहरु , उत्तरमा चिन र दक्षीणमा भारत संगै दक्षीण एसियामा अवस्थित छ । हिमाल, पहाड र तराईका अनेक छाटाहरुले निर्मित छ नेपाल राष्ट्र । हिमालका अग्ला अग्ला चुचुरा हिउले सेताम्य गाउँहरु, पहाडका बस्ती भन्ज्याङ्ग, टार र अग्ला डाँडाकाडाहरु, तराईका समथर फाँट अनेक किसिमका ताल तलैया तथा खोला नाला र बिसाल जंगल र त्यहाँका बिभिन्न प्रजातीका चराचुरुङ्गी र अनेक प्रकारका जंगली जनावर साथै प्रकृतीका जडिबुटी तथा औसधिहरुको भण्डार नै हो नेपाल । सिमानामा पुर्वमा मेची र पश्चिमा महाकाली नदिले देशको भाका बोल्दै बगिरहेका छन् । ठुला ठुला विशाल नदिहरु गण्डकी, कोषी तथा कर्णाली त्यस्तै विशाल तालहरु रारा, फोक्सुण्डो, तिलिचो र बिभिन्न कुaण्डहरुले भरिपूर्ण देश हो हाम्रो नेपाल । ८००० मिटर भन्दा अग्ला विश्वका १० हिमशिखर मध्य ८ वटा यहिँ पर्दछन् । जसमा सगरमाथा (८८४८.८६ मी.), कन्चन्जंघा (८५८६ मी.), लोत्से (८५१६ मी.), मकालु (८१८१ मी.), चोयो (८१८६ मी.), धौलागिरी (८१६७ मी.), मनास्लु (८१५६ मी.), अन्नपूर्ण (८०९१ मी.) छन् । र यहिँ भगवान गौतम बुद्धको जन्म भयको थियो ।
नेपाल कुनै समयमा देशको बिस्तारमा हालको भारतको कुमाउ र गढवाल सम्म विस्तार भयको थियो । नेपालका विभिन्न ठाँऊमा बस्दै आयका जात जाती भाषा भाषी आफ्नो मौलिक पहिचान रहदै आयको छ । नेपालमा कुल ९३ भाषा बोलिने गरेको पाइन्छ । नेपालको शान र मान लाइ राम्रो राख्ने जिम्मा नेपाली जनतामा रहदै आयछ । नेपालीहरु इमान्दार, बहादुर र सरल छन् भन्ने कुरा विश्व जगतलाइ अवगत भयकै कुरा हो । नेपालका हिमालहरुनै नेपाललाइ सुरक्षिकोत राख्दै आएका छन् । सार्वभौम सत्ता सम्पन्न राष्ट्र निर्माणमा नेपाली जनताको ठुलो हात रहेको छ । इतिहासमा हामिले भेट्न सकिन्छ कि नेपालीले संधै सबै युद्धहरुमा बिरता प्रदर्शन गरेका थिय । पौराणिक काल देखिनै नेपाल सभ्य र बलियो राष्ट्र थियो । यहाँबाट तिब्बत तर्फ पहिले देखिनै बस्तु तथा सेवा निर्यात गरिरहने गरेको पाइन्छ ।
नेपालको पश्चिममा कर्णाली मध्यमा गण्डकी र कोषी नदि नै नेपालका मुख्य जलश्रोत हुन् ।
ख. इतिहासको निर्माण :
नेपालको इतिहासको सुरु हुन्छ ३५० बि.सि. बाट । तर कागजपत्रको अनुसार, पुरा इतिहासमा भएका कुराहरु बिभिन्न वंशका राजाहरु जस्तै गोपाल वंश, किरात वंश, अनी लिच्छिवी वंशजले नेपाल राज्य संचालन गरेका थिय । त्यस समयमा राज्य बिस्तार कब्जा गर्ने प्रवृतीद्वारा गरिन्थ्यो ।
दस्तावेजका अनुसार सेनाको निर्माण ३५० ए.डी. मा भयको मानिन्छ । त्यो समयमा छिमेकि राष्ट्रहरु भारत, चिन, तिव्वत आफ्नै सेना थियो । नेपालले पनि आफ्नो सेना निर्माण गरेको इतिहास लिच्छिवी राजा मानदेव, सिवदेव, नरेन्द्रदेव र अंसुवर्माले गरेका थिय । राजा नरेन्द्रदेव ले ७००० घोडचडी सेना र ३५०० पैदल सेना ६४७ ए.डी मा चरनाको अनुरोधमा दक्षिण राज्य हालको भारत आक्रमणको लागी पठाएका थिय ।
सेनाहरु केन्द्रिकृत भयर बस्ने चलन थियो पहिलेको समयमा, पछिल्लो समयमा सेनाहरुलाइ बिभिन्न ठाउमा खटिने आदेश भयो । सेनाको कमाण्डरलाइ पहिला किल्लामा खटाइन्थ्यो । र उसलाइ कवन्था नायक भनिन्थ्यो । नेपालमा मल्ल सासन को सुरुवात मध्य युगमा भयको थियो । नेवार मल्ल राजाहरुले काठमाण्डौँ उपत्यका लगायत यसको आसपासमा राज्य संचालन गर्दथे । खस मल्लराजा जितरी मल्ल ले काठमाण्डौ राज्यमा आक्रमण गरेका थिय । तर नराम्रोसंग पराजित गरिदिय नेवार मल्लका सेनाले ।
त्यो समयमा सेनाको निर्माण राजा , राजकुमार , सेनापतीले गर्दथे ।
१७ औँ सताव्दी अस्थिरनै रह्यो संसारभर । संसारका धेरै राज्यहरु बिभिन्न राज्यहरुमा बिलय भय । बिश्वका सैनिक सक्ती जस्तै ब्रिटेन, फ्रान्स, पर्चुगल जस्ता देशले संसारका बिभिन्न ठाउहरुमा राज्य बिस्तार गर्ने अभियानमा लागे ।अस्थिर समय र ठुला राज्यको चाहना अनुसार संसारभर लडाइ सुरु भयो । ब्रिटेन र फ्रान्स राज्य विस्तार को लागी दक्षिण तर्फ लागे र दक्षिण एसियामा उनिहरुको नजर पर्यो । त्यसपछी उनिहरु नेपाललाइ पनि धम्कीदिन सुरु गरे ।
ब्रिटिसले इस्ट इन्डिया कम्पनी नाम गरेर भारतका धेरैजसो भागमा कब्जा गरिसकेको थियो साथै नेपालतर्फ पनि अगाडी बढ्दै थियो । त्यो समयमा नेपाल बिभिन्न राज्यमा विभाजन थियो । गोर्खाका राजा पृथ्वीनारायण शाहले आफ्नो राज्य बिस्तार तथा टुक्रा टुक्रा राज्यहरुलाइ एकिकरण गरी एउटा राज्य बनाउने बिचारमा थिय । तर गोर्खा राज्य सानो र आर्थिक स्थिती त्यती बलियो भयको राज्य थियन । तर राजा पृथ्वीनारायण शाह ले सबै चुनौती हरुलाइ सामना गर्ने सहासका साथ नेपाल एकिकरण अभियान १७४० ए.डी. मा सुरु गरे । र त्यो समयमा भारतमा ब्रिटिशले पुर्णरुपमा राज्य बिस्तार गर्दै थियो ।
नेपाली सेनाको इतिहासमा यो नै फड्को मार्ने समय थियो र राज्य एकिकरणको लागी बलियो सेनाको आवश्यकता थियो । यहि समयमा आधुनिक सेना संगठित बनाउने काम भयो । प्राबिधिक र बिज्ञलाइ बाहिरबाट झिकाएर युद्धको लागी आवस्यक सामाग्रीको निर्माण गरियो । जब गोर्खाली सेनाले काठमाण्डौमाथी बिजय प्राप्त गर्यो , त्यही गोर्खाली सेना नै आजको आधुनिक नेपाली सेनाको रुपमा रुपान्तरण भयको हो ।
गोर्खाली नेपाली सेना को सुरबिरता, लगनसिलता, र सरलता बाट सत्रुपनी प्रभाबित भय । यहि गुणका कारण नेपाली युवाहरुलाइ ब्रिटिश इस्ट इन्डिया कम्पनी ले पनी आफ्नो सेनामा भर्ना लिन थाल्यो । उनीहरु नेपाली सेनालाइ गोर्खाली सेना बहादुर सेना भन्दै आय ।
एउटा गलत बुझाइ छ , नेपाली सेनालाइ ब्रिटिश वा इन्डियन सेना भन्ने । तर नेपाली युवाहरुलाइ ब्रिटिश र इन्डियन सेनामा छुट्टै गोर्खा राइफल्सको नामबाट भर्ना छनोट गरिन्छ । नेपाली सेना गर्व गर्दछ, स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुक नेपालको सेना हुनुमा । नेपाली सेनाको आधुनिक इतिहास १७४४ देखी नेपाल कुनैपनी बिदेशी सक्ती ले नेपाललाइ आफ्नो राज्य बनाउन नसकेको इतिहास छ ।