अहिले युक्रेनमा युद्ध जारी छ ।पछिल्लो दिनमा युद्धले ल्याउने अन्तर्राष्ट्रिय राजनीतिको अवस्थाको विश्लेषण हुन थालेको छ ।रसिया र अमेरिकाका समर्थकहरु बीचमा कित्ताकाट भएको छ। अमेरिका र नेटो विरुद्धमा रसियाले गरेकाे युद्ध स्टालिनकालिन राष्ट्रवादको अभ्युदयको चर्चा अहिले छ। युद्धले पुटिनको राष्ट्रवादको बिस्तार पूर्व सोभियत संघसँग गर्ने हो कि भन्ने पश्चिमाले शंका गरेका छन्। नब्बेको दशकपछि झण्डै तीस वर्ष रसिया अन्तर्राष्ट्रिय राजनीतिबाट प्रत्यक्षरुपमा संलग्न भएन। सिरिया,अफगानिस्तान , क्युबामा अमेरिका र रुस आमनेसामने थिए तर यसबारे रसियाको सुरक्षा चुनौती भन्दा अंतरराष्ट्रीय राजनीति प्रभाव बढी थियो। अमेरिकासँग अन्तर्राष्ट्रिय राजनीतिमा फरक विचार राख्दै आएको रसिया बढी समय आन्तरिक निर्माण र सम्बृद्धिमा लगाउँदै गयो ।प्रतक्ष्य रुपमा अन्तर्राष्ट्रिय राजनीतिमा देखिएन। जसको फाइदा अप्रत्यक्ष रुपमा चीनले लिएको देखिन्छ। शीतयुद्धको अन्त्यपछि विश्वबजारमा चीनको उपस्थिति मजबुत भयो। जसले अन्तराष्ट्रिय राजनीतिलाई अर्कोतिर डोर्यायो। र विश्वले चीन र अमेरिकालाई प्रतिस्पर्धात्मक शक्ति देख्न थाले। तर, रुसले आफ्नो आन्तरिक मजबुती दह्रो बनाउँदै लगेको कुरा अहिले पश्चिमा र अमेरिकासँग आमने-सामने बाट थाहा हुन्छ।
युक्रेनमा युद्ध भइरहेको छ । रसियाको शंका अमेरिकासँग, अमेरिकाको चीनसँग, भारतको चीनसँग ,चीनको अमेरिकासँग, युरोपको चीन र रसिया सँग दृष्टि छ ।शंका छ। यसले प्राे पुतिन डिप्लोमेसी प्रमाणित गर्दैन । अमेरिकी प्रजातन्त्र युरोपमा भन्दा विश्वका अरु देशमा बढी प्रयोग भएको छ। जसको पछिल्लो कडी युक्रेन बनेको छ। अहिले युद्धको रणनीतिलाई बदल्न इरानले इराकको अमेरिकी बेसक्याम्पमा मिसाइल प्रहार गरेको छ । अमेरिकालाई वार्ताको दबाब दिन र मध्यपूर्वबाट युद्धलाई दबाब दिन युद्ध रणनीति मान्न सकिन्छ। तर ,युक्रेन माथिको अमेरिकी दबाब रसियाले कम गर्न सकेको छैन ।
युक्रेनका जनताले बन्दुक बोकेका छन् ।स्वाधीनताको जगेर्नाकाे लागि हतियार बोक्नु जनताको बाध्यता र कर्तव्य हो। राष्ट्रियता, स्वाधीनता, प्रजातन्त्र र कानुनको शासनकालागि युक्रेनका जनता लडेका छन्।। तर जेलेन्स्कीले आन्तरिक प्रजातन्त्रको जग देशबाट नै उठाए वा आयातित प्रजातन्त्रलाई मजबुत बनाउँदैछन् यो युद्धको परिणामले देखाउनेछ।उनलाई रसियाको बिस्तारबादको बिरुद्धमा प्रजातन्त्रकोलागि नेटो ,अमेरिकाको शरणमा जानु पर्ने बाध्यता थिएन ।यो विषय युक्रेनी जनताहरूले निर्धारण गर्ने विषय हो। जेलेन्स्कीलाई अमेरिकी प्रजातन्त्रको विश्वास छ । जसलेगर्दा उनि नेटोको सदस्यताकालागि बढिनै उत्साहित भए। युरोप, युक्रेन र अमेरिकाकाे कमजोरी रसियाले राम्ररी बुझेको छ।
यूराेपियनले विश्वास गरेको अमेरिकन नीति नै हो ।तर पुँजीले प्रजातन्त्रलाई स्थापित गर्छ भन्ने विषयमा अमेरिकन प्रजातन्त्र बढी विश्वसनीय छ। जुन प्रजातन्त्र उपयोग र उपयोगिताबादमा प्रयोग भएको देखिन्छ। प्रजातन्त्रको बहस गर्नुभन्दा प्रजातन्त्रको उपयोग गर्न माहिर अमेरिकाले दक्षिणपूर्वी एसियाको कमजोर उपस्थितिलाई इन्डाे पेसिफिक मार्फत अगाडि बढाएको छ। तर यो उपयोगितावाद प्रजातन्त्र र विकासमा सिमित हुन्छ वा प्रजातन्त्रको चक्रव्यूहमा अलमलिन्छ हेर्न बाँकी छ। युक्रेन युद्धमा नेटो ,अमेरिका र पश्चिमाहरूको भुमिका र युक्रेनका जनताको संरक्षणबाट अमेरिकी नीति प्रष्ट हुन्छ।
प्रजातन्त्र ,व्यक्तिगत स्वतन्त्रताका प्रणेता रूसाे, जे एस मिलले व्यक्तिगत स्वतंत्रताको परिणाम प्रजातन्त्रले थेग्न सक्दैन भनेका छन्। मार्क्सले देखेको समाजवाद अमेरिकाले प्रयोग गरिसकेको छ ।रुसोको प्रजातान्त्रिक आदर्श र मान्यतालाई चीन र रसियाले राम्ररी बुझेका छन्। मार्क्सको साम्यवाद लेलिनले व्याख्या मात्र गरेनन् देखाउने कोसिस गरे ।जुन विषय युरोपमा भन्दा क्यूवा,ल्याटिन अमेरिकी र मध्य पूर्वी एसियामा मार्क्सबाद बढी काबिल देखिएकाे छ। ईश्वर विहिन अस्तित्ववादलाइ मान्ने पश्चिमाहरुले मानवतालाई व्यापारको रुपमा लिन्छन् भन्ने कुरा अहिलेको बम, हातहतियार व्यापार र पुजीको विस्तारको आधारमा प्रजातन्त्रको ब्याख्या गर्ने र आफ्नो स्वार्थ पूरा गर्ने अमेरिकी रणनीति छताछुल्ल भएको छ। युक्रेनमा भएको नरसंहारले शक्तिराष्ट्रहरूको स्वार्थ प्रष्टरुपमा देखिएको छ। जसलाई यूराेपियन, अमेरिकाले लोकतन्त्रको विरुद्धमा प्राे पुतिन डिलाेमेसिलाई बढी नै ठाउँ दिएका छन्।
अफगानिस्तान, लिबिया,इराक भियतनाममा अमेरिकाको भुमिका र पश्चिमाहरूको प्रजातन्त्रको परिभाषा रसियाले नजिकैबाट नियालेको छ । चीनको तटस्थता, आन्तरिक मजबुती विश्व बजारमा केन्द्रित छ। दक्षिणपूर्वी एसिया र मध्य पूर्व एसियामा बजार ,प्रविधि र उत्पादन मजबुत पार्ने र अमेरिका तथा पश्चिमाहरुको सँग आमनेसामने भन्दापनि बजारमा आफ्नो मजबुत उपस्थित देखाउनमा चीन तल्लीन छ। 1980 को उदारीकरण पछि र विश्वव्यापीकरणको लहरमा सोभियत रुस प्रत्यक्ष उपस्थित भएन ।यसको फाइदा पूँजीवादी राष्ट्रहरूले लिए। तर अचम्म सबैभन्दा बढी फाइदा चीनलाई भयाे। पुजीवादी राष्ट्रहरु चीनसँग डराउनुपर्ने मुख्य कारण पनि यही थियो। चीनको पूँजी प्रविधि र श्रमले विश्व बजारलाई घाटा पुर्याएको छ. जसको फाइदा चीनलाई मात्र छ। यो दुवै विषयलाई रसियाले नजिकैबाट नियालिरहेको छ।
प्रथम र दोस्रो विश्व युद्ध प्रजातन्त्र ,समाजवाद, पुजिवादकाे होडमा भएको थिएन ।उपनिवेशवाद र साम्राज्यवादकाे विस्फोट प्रथम र दोस्रो विश्वयुद्ध थिए। अहिलेको अवस्था फरक छ। अहिले विश्व शक्ति राष्ट्रहरूको कित्ताकाट अहंकारको रुपमा विस्तार भएको छ। जसमा अमेरिका र चीन विरोधी खेमा प्रष्ट देखिन्छ। युक्रेनको युद्धमा चीन प्रत्यक्षरुपमा अगाडि आएको छैन । रसिया र चीन एकआपसमा माथि बढी नै विश्वस्त छन्।पुतिन महाशक्तिको रूपमा उदाउने प्रयासमा छन। रसिया विश्व शक्तिको रुपमा पुनःस्थापना गर्न चाहन्छ भन्ने देखिन्छ तर पुटिनको यो रणनीति सोभियत रुस आकाशमा मात्र सीमित हुँदैन भन्ने कुरा अहिलेको उनको शक्ति प्रदर्शनबाट स्पष्ट देखिन्छ। तर चीनले यस विषयलाई आफ्नो सुरक्षा चुनौती मान्दैन।
अन्तर्राष्ट्रिय मञ्चले नब्बे दशक अगाडिकाे अमेरिका र रुसको शक्तिलाई बिर्सिसकेका थिए। जुन रसिया ब्युँझाउन चाहन्छ। जसलाई पश्चिमाहरुले प्राे पुतिन डिप्लोमेसिको रुपमा लिएका छन्। के रसियाले युक्रेनको हमला संकेतको रुपमा लिएको हो त। 1991 अगष्टमा टुक्रिएका राष्ट्रहरुलाई रुस पुरानै सँघमा फर्काउन चाहन्छ वा आफ्नो सुरक्षा चुनौती मात्र हो भन्ने विषयमा थुप्रै प्रश्नहरु छन् । रसियाले युद्ध गर्नुको कारण रसियामा एकलौटी र पुटिन शासन छ जसमा जनताको आवाज छैन र प्रजातान्त्रिक देशहरूले यस्तो काम गर्न सक्दैनन् भन्ने अमेरिकी धारणा छ। तर पुतिन प्रशासनले अमेरिकी प्रशासनलाई राम्ररी बुझेको छ। अमेरिकी प्रजातन्त्रले 19औं र बीसौं शताब्दीको पूर्वार्धसम्म विश्वमा राज गरेकै हो। ठूला-ठूला शक्तिराष्ट्र,राजतन्त्र हरु समाप्त भए ।साम्यवादको अन्त्य भयो ।प्रजातन्त्रको उदय भयो भनेर विश्व ले अमेरिकालाई धन्यवाद दिए । तर इराक, अफगानिस्तान ,मध्यपूर्व एसियामा अशान्ति पश्चिमाहरुले कारणबाट हाे । यो इतिहासले प्रमाणित गरेको छ। सैतिस प्रतिशत हतियार बेच्ने अमेरिकाले प्रजातन्त्रको संरक्षणबाट अविकसित ,दन्द प्रभावित देशहरुलाई शक्ति राष्ट्रबाट जोगाउन मदत गर्नेछ भन्ने कुरामा विश्वास गर्ने ठाउँ राखेको छैन। अमेरिकी प्रजातन्त्र अमेरिकी समृद्धि र नेटोको विस्तार र व्यापारमा केन्द्रित छ।
चीन र रसियाको सम्बन्ध मजबुत छ। नेटो ,पश्चिमा र अमेरिका यो सम्बन्धमा शंका गर्दैनन्। तर बेलाबेला चीनलाई पुजीवादी प्रजातन्त्रको नाममा उक्साउन पनि छोडेका छैनन्। तर अमेरिकी प्रजातन्त्रको बारेमा रसिया जस्तै चीनलाई पनि प्रष्टरुपमा थाहा छ। ताइवानको अमेरिकी प्रजातन्त्र धारणा चीनलाई मन परेको छैन।ताइवान प्रतिको धारणा युक्रेनको युद्धले बताउनेछ भन्ने शंका अहिले छ। युक्रेन युद्धमाअमेरिका प्रतक्ष्य नआउनुमा ताइवान प्रति चीनको शंका बढेको हुनसक्छ। यो विषयमा रसियाकाे धारणा आएको छैन। यस विषयमा चीनलाई ठूलो भरोसा युक्रेन युद्धमा प्राप्त भएको छ। प्रजातन्त्रको नाममा बजार र श्रमको बिस्तार गर्ने अमेरिकी नीति झण्डै तीस हजार डलर प्रतिव्यक्ति आय भएको रसियाका जनताले बुझेका छन्। रसिया भित्र जनताहरूको विचार, धारणामा पूँजीवादले प्रभाव पारेको छ।अब रसियन जनता दुख पाउन चाहँदैनन् । यो विषय पुतिनलाई थाहा छ। पुटिनको अहिलेको युक्रेन युद्ध युक्रेनमा मात्र सीमित छ भन्ने विषय विश्व शक्ति सन्तुलन र रसियाको आन्तरिक व्यवस्थापनबाट थाहा हुन्छ। यसबाट प्राे पुतिन डिप्लोमेसीमा बहस गर्ने ठाउँ कम देखिन्छ।
अमेरिकी प्रजातन्त्रलाई शंका गर्ने ठाउँ अमेरिकाले दिँदैन ।किनकि उसको विश्वास विश्वका धेरै देशहरुमा मजबूत छ ।रसियालाई परम्परागत रूपमा सीमित गर्न युक्रेनको भूमिमा अमेरिकाले युक्रेनको प्रजातन्त्रलाई अाड बनाएको छ। एकात्मक शासन प्रणाली,आन्तरिक प्रजातन्त्रको कमजोर अभ्यास भएपनि अमेरिका ,पश्चिमा पुँजीवाद र प्रजातन्त्र सँग रसियाका जनता प्रत्यक्षरुपमा संलग्न छन्। त्यसैले रसिया सोभियत सङ्घको भूमि हाेइन पश्चिमा राष्ट्रहरूबाट बाल्टिक क्षेत्रलाई मुक्त गर्न चाहन्छ।
नब्बेको दशकमा सोभियत रुस र अमेरिका बिचमा भएकाे सम्झौतालाई अमेरिकाले नजरअन्दाज गर्न खोजेको पुतिनकाे विश्वास छ। किन रसियाको नजिकै नेटाे विस्तार गर्नुपर्ने । युक्रेनलाई नेटाेकाे विश्वास कसरी भयो जुन विश्वास रसियामाथि हुन सकेन ।यसमा अमेरिकी प्रजातन्त्रले काम गरेको छ । पश्चिमा प्रजातन्त्र मिठो तर कोक्याउने हुन्छ भन्ने कुरा उनीहरुले पछिमात्र बुझ्न सक्छन्। यूरोपीय देशहरूले अहिले अमेरिकी नीतिलाई प्रजातन्त्रको रुपमा नहेरेर सुरक्षा कवच को रुपमा हेर्न थालेका छन्।दोस्रो विश्वयुद्धपछि अमेरिकी खेमामा बाँडिएका पश्चिम युरोपियन देशहरु अहिले पनि त्यो शंकाबाट मुक्त छैनन् । रसिया देशहरु संगको सौहाद्र्रता उनीहरूको घटेको छैन। जुन विश्वास अमेरिकाले घटाएको छ। मध्यपूर्व एसियामा रसियाको प्रभाव बढ्दो छ। जुनकुरा अमेरिका मन पराउँदैन ।साउदी अरब, इरान, यू ए ईहरूले रुसलाई समर्थन नगर्ने विषयमा शंका व्यक्त गरे ।अब पुटिनको डिप्लाेमेसि र अमेरिकी प्रजातन्त्रको टकराव मैदानमा देखिएको छ।
जसको अनुगमन चीनले गरिराखेको छ। अमेरिकी प्रजातन्त्रले चीनलाई ताइवान, तिब्बत र रसियालाई मध्य पूर्वी एसियामा अल्मल्याएर राखेको छ।पुटिनको डिप्लाेमेसि चीनको सिमाना सम्म पुगेको छैन ।जुनकुरा चीन पूर्णरूपमा विश्वास गर्न चाहन्छ। र रसियाको बजारमा चीन ढुक्क छ। र पछिल्ला दिनमा यही विषयले एउटा गठबंधन नबन्ला भन्न सकिँदैन। जसमा चीन, रसिया ,भारत र मध्यपूर्वी र मध्य एशियाका देशहरू संलग्न हुनेछन्। तर पश्चिमा र पुटिनको diplomacy मा चीन प्रत्यक्ष रुपमा संलग्न हुनेछैन भन्ने पश्चिमाहरूको विश्वास छ ।भारतको उपस्थिति प्रबल छ ।अहिलेको भारतले अमेरिकी प्रजातन्त्र माथि शंका गर्दैन।किनकि ऊ लोकतान्त्रिक देश हो। लोकतन्त्रलाई मजबुत कसरी बनाउने भारतलाई प्रस्ट छ। उसलाई पुतिन प्रति शंका छैन तर चीन र रसियाको सम्बन्ध र पुटिनको अविश्वासमा विश्व शक्ति राष्ट्रहरूलाई सन्तुलन गर्ने विषयमा भारत सशंकित छ। उसको रणनीति कूटनीति तटस्थतामा सीमित छ। यो भारतको ठूलो सफलता पनि हाे।
अहिले आणविक शक्ति राष्ट्रहरूको शक्ति सन्तुलन युक्रेनमा देखिएको छ। अमेरिकी प्रजातन्त्रको व्याख्या युक्रेन युद्धको परिणामले देखाउनेछ।जसमा अहिले नै थुप्रै आलोचना र बहस भएका छन् । पुतिनको विस्तारवादलाई रसियाका जनता, आर्थिक विकास र समृद्धिले पक्कै अंकुश लगाउनेछ विश्वास गरौं र पुटिनको विस्तारवादी नीतिमा शंका गर्ने ठाउँ पनि देखिँदैन। युद्धकाे नतिजा पश्चिममा भारी नभएमा अमेरिकी डेमोक्रेसी डिप्लाेमेसिले संसारमा फरकफरक नतिजा देखाउने छ। जस्ले बिस्व शक्तिसन्तुलनमा फरक अवस्था जन्माउन सक्छ। तर संसारका जनताले चाहेको शान्ति हो। युद्ध होइन। ईश्वरले कृपा गरुन। युक्रेनको युद्ध युक्रेनमा मात्र सिमित हाेस।यदि यो युद्ध युक्रेन बाहिर फैलियो भने सबै अनुमानहरु प्रत्युत्पादक हुनेछन्। र अबको विश्वमा शक्ति राष्ट्रहरु र आणविक राष्ट्रहरूको अनुहार फरक हुनेछ।