मानिसभित्रको विबेक नै मानवता हो। जब विवेक समाप्त हुन्छ, मानवता मर्छ। मानिस भित्र।चेतनामा विवेकको बिकासले मानवता जन्मिन्छ ।मानिसमा विवेककाे व्युत्पत्ति रहस्य हाे। मान्छेसँग मात्र विवेक छ वा चेतनाको अंश विवेक हो भन्ने विषयमा मानवतावादी, विकासवादी, भौतिकवादी र अस्तित्ववादी हरूको भिन्नाभिन्नै मत छ। विवेक, भौतिक र आध्यात्मिक दुबै बिषय होइन। दुवैबाट भिन्न छ। बुद्धको अनात्मबाद चेतना हाे।आत्मा होइन। बुद्धले मानवताबाट अध्यात्म चिन्तनको व्याख्या गरे। सारा बुद्ध दर्शन यसैमा केन्द्रित छ। बुद्ध ,धर्म होइन दर्शन हो ।त्यहीँबाट मानवताको द्विअर्थी चेतना बुद्ध दर्शन भित्र विकसित भयो । मानवता चेत कै कारण बुद्ध धर्मले हिन्दु धर्ममाथि आधिपत्य कायम गर्यो।हिन्दुहरु आत्मा बोधबाट मानवताको कुरा गर्छन् भने बुद्ध दर्शनले मानवताबाट आत्मा चेतकाे कुरा गर्छ। जुन विषय भौतिकवादीहरुले समेत विश्वास गरेका छन।।
मानवताको विषय दर्शनमा सीमित छैन। सुकरातले सत्यको बाटो लिए। सत्य विरुद्ध बोलेनन्। पालना गरे। बरु बिषको प्याला पिए। मानवताको विकास सत्यबाट भएको छ। रुसोको सुपर मेनले मान्छेको उचाईलाई निरन्तर बनाऊछ। सुपर मेन अन्तिम अवस्था हो। सिर्जनात्मक भएमा मानवता हुर्किन्छ विध्वंसात्मक भएमा मानवता मर्छ । सुपरम्यान मानबताकाे उत्कृष्ट नमुना मान्छन् रुसो। कान्टकाे कठोर नैतिकता बिबेकको बिकास सँग सम्बन्धित छ। पछिसम्मका वैज्ञानिक चिन्तकहरुले चेतनाको व्याख्या गरेका छन्। चेतना भित्र विवेकलाई इभाेलुसनको रुपमा मान्छन् पश्चिमा। तर पश्चिमाहरुले चेतनालाई ईश्वरको रुपमा ब्याख्या गरेनन् l हेगेलले समग्रता सिद्धान्तमा चेतना ईश्वरको प्रतिरूप हो भनेका छन् ।यही चेतनाकाे विकास मान्छेभित्र हुनुपर्छ। जसलाई प्राय सबै वैज्ञानिक, चिन्तक ,विश्लेषक रहस्यवादीहरुले मानवताको नाम दिएका छन्। तर मानवताको कोशे ढुङ्गो व्याख्यामा सीमित छैन।
डार्विनले प्राणीको उत्पत्ति र विकास को धारणा ल्याए। तर चेतनासँग प्राणीको सम्बन्धलाई आकर्षणको रुपमा मात्र व्याख्या गरे। चेतनाको फैलावट सबै प्राणीमा उस्तै छ भन्ने विषय उनले भनेनन् । उनको आलोचना पनि भयो। भारतीय दर्शन शास्त्री अरविन्दुले डार्बिनको विकासवादमा ठूलो टिप्पणी गरेका छन् । मानवता चेतनाको विस्तार हो र यसमा प्राणीको विकास सँगै विवेकको विकास भएको हो उनले भने। चेतनाको सुरु वा अन्त्य छ वा यो स्थिर छ। यो विषय सृष्टिको अन्त्यसम्म प्रश्न कै रुपमा रहन्छ। यसको स्पष्टता भौतिकरुपमा आउँदैन ।भौतिक विज्ञानले चेतनालाई ऊर्जाको रूपमा लिन्छ। उर्जा र चेतना फरक हुन् या होइनन् भन्ने विषय अहिलेसम्म विज्ञानको पहुँच भन्दा बाहिर छ।
अस्तित्ववादी शात्रले चेतनालाइ अस्तित्वकाे रुपमा व्याख्या गर्छन्।चेतना भित्र चेत हुन्छ। जसले बिबेकको विकास गर्छ । विवेकको विकास अस्तित्वको लडाइँ बाट भएको हो भन्ने अस्तित्ववादिहरुकाे धारणा छ। यही धारणालाई हेर्ने उपनि मानिसको विवेक चरम अवस्थामा पुगेको हो त? प्रश्न खडा हुन्छ। अहिले मानिसको चर्तिकला हेर्दा बिबेकले उत्कर्ष प्राप्त गरेको देखिन्छ। विवेकको पूर्णविराम हुँदैन, तर यसको उत्पादनले आफूलाई नष्ट पार्छ। सबै घटनाक्रमले मानिस वस्तुवादी हुँदै गएकोमा दुईमत छैन।
मास्लाेले मान्छे र पशुमा दुई कुराको भिन्नता देखाए। पशुसँग अनुमान गर्ने र आलोचना गर्ने स्वभाव हुँदैन ।जुन मानिससँग हुन्छ। पशुले अकस्मात स्वभाव परिवर्तन गर्दैन। जुन मानिसले गर्छ ।चेतना पशु र मानिसमा बराबरी छ । यिनै विषयमा पशु र मानिस छुट्टिन्छन्। याे फरकपन मानिसभित्रको विवेक हो । तर विवेक पनि सबै मानिसहरुमा एकैप्रकारको छैन। त्यसैकारणले विवेकलाई सार्वभौम रुपमा हेर्न सकिँदैन। तर मानवताको विषय सार्वभौम हुन्छ। मानवताको विषय गरिब ,धनि देशहरु बिचमा परिभाषा फरक छ। आफ्नै ढंगले मान्छेले मानवताको ब्याख्या गर्छ। मानवताको व्याख्यामा स्वार्थ देखिन्छ। यसुलाई झुन्ड्याइयो ।सुकरात लाई बिषको प्याला दिइयाे। जसले सत्य र मानवता स्थापित गर्न खोजे उनीहरूको हत्या भयो। मारियो ।इतिहास र वर्तमानमा यी घटनाहरु भैरहेका छन ।दोहोरिरहेका छन्।यहीँबाट विवेक अधोगतिमा गएको छ र मानवताको क्षय हुँदै छ र यसको मृत्यु निश्चित छ।
मानिसको चेतनाको विकास संवेदनासँग सम्बन्धित छ कि छैन। अध्यात्मवादी भौतिकवादी र अस्तित्ववादीहरुले यसैविषयमा मानवता जोडेका छन्। र पश्चिमाहरु कुनै ईश्वर छैन , मानवता मात्र छ भन्छन। पश्चिमको विकास ईश्वर बादी चिन्तनबाट भएको छैन मानवतावादी दर्शनबाट भएको छ। पूर्वीय चिन्तकहरु यही मानवतालाई अध्यात्मवाद, आत्मा, परमात्मा वा ईश्वरको प्रतिरूप मान्छन्। पदार्थलाई अन्तिम मान्ने विज्ञानले विवेकलाई पदार्थको विकाशकाे रुपमा लिन्छ। विवेकको सदुपयोग होइन, अहिले आणविक हतियारको होडबाजी र भौतिक विकासको चरम अवस्थामा देखिएको छ। मानवताको आवाज काेही सुन्नेवाला छैन।
विवेकको विकास सुरक्षा र आवश्यकताबाट भएको पश्चिमाहरूको धारणा छ । स्वार्थ यानकी जीवनरक्षा र सुरक्षा ।जीवन रक्षा र चुनौती थपिँदै जान्छन् त्यति विवेक बढ्दै जान्छ। स्वार्थको पराकाष्ठ अहिले देखिएको छ ।र चेतना भित्र विवेकको मृत्यु हुँदै छ। जब विवेक सकिन्छ त्यसपछि मानवताको मृत्यु कसैले रोक्न सक्दैन।
भौतिक वस्तुको विकास देखिन्छ। अभौतिक वस्तुको विकास देखिँदैन। यसलाई भौतिक वस्तुको चेतनाको सापेक्षमा हेरिन्छ। अत: चेतनामा विवेककाे विकास कसरी भयो भन्ने कुरा आजसम्म रहस्य भित्रै छ। अध्यात्म र विज्ञानको द्वन्द यही हो। मानिस भौतिक विकासमा लागेको छ। विवेकलाई मर्दै गएको छ। आवश्यकता माथि हावी हुँदैछ मानिस। आविष्कार चरम अवस्थामा पुगेको छ। अभौतिक सत्यमा भौतिक चिजहरु हावी हुँदैछन्। रूस,अमेरिका, युक्रेन न युरोपको समस्या चरम उत्कर्षमा पुगेको छ ।कहीँ न कहीँबाट ऊर्जा विसर्जित हुने निश्चित छ ।यहाँ विवेक हराउँदै गएको छ। यो अवस्थाले मानवताको मृत्यु निश्चित छ।
अब मानवता कता जाँदै छ । अहिले मानवताको स्वरुप देखि राखेका छौं। विज्ञान ,माया, प्रेम, आदर्श, आविष्कार ,खोज ,युद्ध, उपकार ,सेवा सबैमा मान्छे लागिसकेको छ। र सबैभित्र मानवीयता वा मानवता कै खोजी गर्छ मान्छे । युद्ध गर्छ र भन्छ मानवता रक्षाको लागि लडाइँ गरेको हो। धर्म र बिज्ञान दुबैले भन्छन मानवताको रक्षा गर्नुपर्छ ।सबै विज्ञानका आविष्कार र धर्मका व्याख्याहरु मानवताकै लागि भएको देखिन्छन्। यो अवस्थासम्म मानवतालाई बोकेर मानिस आइपुगेको छ। अब हामी कता जाँदैछौ।
विभेद ,युद्ध, शस्त्र ,परमाणु बमको प्रयोगले मानवता सङ्कुचित हुँदै गएको छ। विवेकको अंश घट्दै गएपछि मानवता विरुप देखिन्छ। जुन अहिले ब्याक्ती ,समाज देश र विश्वमै देखिँदै गएको छ।. अहिलेको मान्छेको स्वभाव र विश्वको चर्तिकलाले अब के मानवता मर्दै गएको हो.। मान्छेले आफूलाई वस्तुवादी बनाउँदै लगेको छ। चेतना भित्रको विवेक घट्दैछ। उर्जा मर्दैन । जीव मर्छ।चेतना रहिरन्छ । चेतना रहनुको अर्थ मानवता रहन्छ भन्ने होइन ।मानवताले अर्कै गुणको विकास गर्न सक्छ। विवेकले पूर्ण विवेक (super wisdom)को सिर्जना गर्ने गर्छ.। जसको गुण समभाव वा तटस्थता हुन्छ।मानवता रहँदैन ।
जस्तै रोबोटले सबैलाई बराबरी देख्छ ।आदेश अनुसारको काम गर्छ। अन्य ग्रहहरुमा भएका भनिएका एलेन्सहरुहरुमा मानवता हैन तटस्थता समभावकाे विकास भएको हुनुपर्छ । प्रविधिको बिकास, स्वार्थीपन,, व्यक्तिगत स्वतन्त्रता,असामाजिकताको वृद्धिले मानिस र मानिसलाई विभेद गर्दैछ। यस्तै अवस्थाबाट मानवताको क्षयीकरण हुँदै जान्छ। मानिस वस्तुवादी हुँदै गएको छ। वस्तुवादी हुँदै गएपछि मानवता र मानवीयताको मृत्यु निश्चित छ।
अध्यात्मवादीहरु मानवता मर्दैन, यसलाई युग पुरुषहरुले बचाइराख्छन भन्ने दाबी गर्छन् ।वैज्ञानिकहरु विज्ञान,मानवता कै लागि हाो भन्छन। विज्ञानले चेतनालाई पदार्थको रुपमा लिन्छ। विवेकलाई पदार्थ मान्छ। यथार्थ स्वरूप को व्याख्या विज्ञानले गर्दैन। उत्तर कोरियाको परमाणु बम ,अमेरिकाको जैविक हतियार, रुस युक्रेन बिचको युद्ध,अफगानिस्तान, पाकिस्तान समस्या,गरिबी र धनीको बढ्दै गएको खाडल, विश्वमा बढ्दै गएको गरिबी,आतंकवादले एकदिन मानिसलाई वस्तु बनाउँछ , दुईमत छैन। अहिलेको मानिसमा चेतना र विवेकको बीचमा द्वन्द्व देखिएको छ । मानिसमा विवेक हराउँदै गएको हो भन्ने विषय अहिलेका घटनाक्रमले पुष्टि गरिरहेको छ।
अहिले विवेकशीललाई अविवेकी, स्वार्थी र अहंकारले थिचेर राखेको छ। विवेकी आवाजले खराबीलाई परिवर्तन गर्न सक्ने अवस्था छैन। शिक्षा, प्रविधि र विचारको उच्च प्रयोग र मानवकाे विरुद्धमा यसको उपयोगले एकदिन मानवता सकिन्छ। कुनै पनि वस्तु वा पदार्थ अमर छैन भने जस्तै मानवताको मृत्यु निश्चित छ। ब्रह्माण्डकाे स्वरुप जस्तो रहेपनि चेतना वा ऊर्जा सधैभरी रहिरहन्छ। धेरै प्रकारका प्राणीहरु जन्मिन्छन्, मर्छन् ।चेतना स्थिर छ, यसको निरन्तरता कायमै रहन्छ। मात्र समाप्त हुन्छ मानिसभित्रको मानवता।