एजेन्सी । पूर्वी चीनको जियाङ्सु प्रान्तका विभिन्न सहरमा मङ्गलबार भएको भीषण हावाहुरीसहित भएको बर्षाका कारण कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएका स्थानीय अधिकारीले बुधबार जानकारी दिएका छन् ।
प्रान्तीय आपतकालीन व्यवस्थापन विभागका अनुसार आँधीका कारण यान्चेङ र सुकियान शहर सबैभन्दा बढी प्रभावित भएका छन् ।
सुकियानमा साँझ ५ बजेर २० मिनेटमा डाक्सिङ र नानकाई नगरमा आँधीको धेरै प्रभाव परेको छ ।
मङ्गलबार भएको विस्फोटमा परी पाँच जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । प्रारम्भिक अनुसन्धानमा पाँच हजार ५१२ जना प्रभावित भएको, १३७ घर भत्किएको, ४१ दशमलव ८ हेक्टर जमिनमा लगाइएको बालीनालीमा क्षति पुगेको र ४०५ जनालाई अस्थायी रुपमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उल्लेख छ ।
यान्चेङमा राति ८ः३० बजे शहरको फनिङ काउन्टीमा अर्को आँधी आएको थियो । मङ्गलबारको भुमरीमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
काउन्टीको लुपु र बान्हु नगरमा मुसलधारे वर्षा भएको छ । प्रारम्भिक अनुसन्धानमा एक हजार ३६४ जना प्रभावित भएको, १९९ हेक्टर जमिनमा लगाइएको बालीनालीमा क्षति पुगेको र १२९ जनालाई अस्थायी रुपमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको देखिएको छ ।
स्थानीय सरकारी विभागहरू विपत्तिको सामना गर्न घटनास्थलमा पुगेका थिए । घाइतेहरूको स्थानीय विभिनन अस्पतालमा उपचार भइरहेको छ ।