तनहुँको भानु नगरपालिका–४ स्थित आदिकवि भानुभक्त आचार्य जन्मस्थल विकास समितिको प्राङ्गणमा स्थापित पूर्ण कदको भानुभक्त आचार्यको शालिक । आदिकवि आचार्यको आज २१० औं जन्मजयन्ती पनि हो । भानुभक्त जन्मिएको स्थान यहाँबाट तीन किलोमिटर पश्चिमतर्फ पर्दछ ।
तनहुँको भानु नगरपालिका–४ स्थित आदिकवि भानुभक्त आचार्य जन्मस्थल विकास समितिको हाताभित्र सङ्ग्रह गरी राखिएको आदिकवि भानुभक्त आचार्यले लगाउने खराउ लगायत सामग्री । सङ्ग्रहालयमा भानुभक्त आचार्यले प्रयोग गर्ने सामग्री राखिएका छन् ।
तनहुँको भानु नगरपालिका–४ स्थित आदिकवि भानुभक्त आचार्य जन्मस्थल विकास समितिको हाताभित्र सङ्ग्रह गरी राखिएको आदिकवि भानुभक्त आचार्यद्वारा लिखित कविताको पाण्डुलिपी र काठको मसीदानी ।
तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घा शिखरकटेरीस्थित राष्ट्रिय आदिकवि भानुभक्त आचार्यको खण्डहर भएको जन्मघर । संरक्षणको अभावमा आदिकवि भानुभक्तको घर खण्डहर बनेको हो ।
दुई सय दसौँ आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा तनहुँको व्यास नगरपालिका–१२ घाँँसीकुँवास्थित भानुपार्कमा रहेको भानुभक्तको शालिकमा माल्यार्पण गर्दै स्थानीय युवती । यहाँ आज २१०औँ भानु जयन्ती मनाइँदैछ ।
दुई सय दसौँ आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा तनहुँको व्यास नगरपालिका–१२ घाँँसीकुँवास्थित भानुपार्कमा रहेको भानुभक्तको शालिकमा माल्यार्पण गर्दै युवती ।
दुई सय दसौँ आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा मोडर्न कन्या मल्टिपल कलेजद्वारा शुक्रबार आयोजित कार्यक्रममा सहभागी संस्कृत विज्ञ प्राज्ञ दिनेशराज पन्त र वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे ।
भानु वाङ्मय प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा शुक्रबार पोखरामा आयोजित २१०औं भानु जयन्तीका अवसरमा आयोजित सांस्कृतिक पदयात्रा गरिँदै ।
आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मोत्सवको अवसरमा तनहुँको भानु नगरपालिका-४ चुदीरम्घामा झाँकी प्रदर्शन गर्दै स्थानीय ।
आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुदीरम्घा शिखर कटेरीमा रहेको भग्नावशेस भानु घरको अवलोकन गर्नुहुँदै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलगायत ।
आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्म जयन्तीको अवसरमा शुक्रबार तनहुँको भानु नगरपालिका-४ चुदीरम्घाबेसीस्थित भानु जन्मस्थल विकास समितिको कार्यालय परिसरमा निर्माण गरिएको शालिकमा माल्यार्पण गर्नुहुँदै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ।
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ २१०औँ भानुजयन्तीको अवसरमा शुक्रबार आयोजित समारोह तथा प्रभातफेरी कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुँदै ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती २१०औँ भानुजयन्तीको अवसरमा शुक्रबार आयोजित समारोह तथा प्रभातफेरी कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुँदै ।
अखिल नेपाल महिलासङ्घद्वारा शुक्रबार ललितपुरको च्यासलमा आयोजित 'महिला,वातावरण र संस्कृति चित्रकला प्रदर्शनीका कलाकारहरूलाई धन्यवाद ज्ञापन एवम् भानुजयन्ती विशेष कार्यक्रम'मा भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण गर्नुहुँदै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ।
वीरगन्जको नयाँ बसर्पाक चोकमा शुक्रबार आदिकवि भानुभक्त आचार्यको अर्धकदको शालिक अनावरण कार्यक्रममा सहभागीहरु । बसर्पाक चोकमा रहेको भानुभक्तको शालिक मधेस आन्दोलनको क्रममा आन्दोलनकारीहरुले तोडफोड गरेका थिए।
आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्म जयन्तीका अवसरमा तनहुँको भानु नगरपालिका-४ चुदीरम्घाबेसीमा आदिकवि भानुभक्त जन्मस्थल विकास समितिद्वारा आयोजित कार्यक्रममा लोपोन्मुख पाउदुरे नाच प्रदर्शन गर्दै कुमाल जाति ।
तस्बिर : रासस